बिर्तामोड / सवारी ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका वडा नं १ का ५५ वर्षीय चित्र बहादुर पृथ्वीबहादुर कार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

झापा जिल्ला अदालतको मिति २०७८/१२/१० गतेको फैसला अनुसार सवारी ज्यान मुद्दामा फरार रहेका प्रतिवादी कार्कीलाई शुक्रवार पक्राउ गरी शनिवार फैसला कार्यन्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको  हो । 

OM Sai Pathibhara Hospital

फरार प्रतिवादी कार्कीलाई २ महिना कैद २ हजार जरिवाना र दुई सय रुपैयाँ  पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको थियो । कार्कीलाई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।