काठमाडौँ / काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तत्कालीन नापीका कर्मचारी अरुणकुमार श्रेष्ठ छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार उनलाई  जोरपाटीस्थित घरबाट पक्राउ गरेको हो।

सिआइबीका एसएसपी दिनेश आचार्यका अनुसार सरकारी जग्गा व्यक्तिको नाममा गर्नमा उनले पनि भूमिका खेलेका थिए । यो प्रकरणमा हालसम्म पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ लगायत १९ जना पक्राउ परिसकेका छन् ।

OM Sai Pathibhara Hospital