काठमाडौं / साताको पहिलो दिन आज आइतबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ३००, तेजाबी सुनको मूल्य एक लाख ११ हजार ७५० र चाँदीको मूल्य तोलामा एक हजार ४६५ रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन एक लाख १२ हजार ८००, तेजाबी एक लाख १२ हजार २५० रुपैयाँ र चाँदी १४ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।