झापा  / शुक्रबार राति अज्ञात समूहले जुम्लाको गुठीचौरका ७ वटा घरमा आगजनी गरेको छ । गुठीचौर गाउँपालिका- ४ मा रहेका सात घर र एक ट्याक्टरमा अज्ञात समूहले शुक्रबार राति आगजनी गरेको हो । उक्त घटनाबाट कुनै मानवीय क्षति नभए पनि घरका झ्याल, ढोका र गोठहरु जलेको प्रहरीले बताएको छ । आगजनी कसले र किन गर्‍यो भन्ने विषय अहिलेसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुुख डीएसपी प्रहृलाद न्यौपानेले बताए ।

उनका अनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र खडान्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, डाँडाबाडा गाउँका कविदत्त न्यौपाने, दलिबाडा गाउँका लालचन्द्र सार्की र बिगारे गाउँका भीमप्रसाद जैसीका घरमा अज्ञात समूहले आगजानी गरेको हो ।

OM Sai Pathibhara Hospital

गुठीचौरकै धिता र देपाल गाउँमा पनि आगजानी भएको बताइएको छ । उक्त अज्ञात समूहले शुक्रबार राति ११ देखि १ बजेको बीचमा आगजानी गरेको हो । उक्त समूहले सडकमा रोकिराखिएको एउटा ट्याक्टरमा समेत आगजानी गरेको छ । आगो लागेको घरमा समयमै थाहा पाउँदा अधिकांश घर क्षति हुनबाट जोगिएका छन् । के कति क्षति भएको छ भन्ने विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।