काठमाडौँ / आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला १५ सय रुपैयाँले बढेको हो ।
यससँगै छापावाल सुन प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजाबी सुनको भाउ ९८ हजार ७ सय रुपैयाँ पुगेको छ । 
त्यस्तै आइतबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १२८० रुपैयाँमा कारोबार भइरहेको छ ।