बिर्तामोड / झापाको अर्जुनधाराबाट ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका –११ बस्ने २८ वर्षीय विपिन राई रहेका छन् ।
मंगलबार राति मेचीनगर नगरपालिका –१३ चारआलीस्थित झिल जाने बाटोमा बालिकालाई राईले बलात्कार गरेको भन्दै पीडितका परिवारले इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दिएका थिए ।
सोही जाहेरीको आधारमा राईलाई बुधबार इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।