काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शरीरको भित्री वस्त्रमा लुकाएर सुन तस्करी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
कतार एयरवेजको उडानमार्फत बिहीबार बिहान ९: ४५ बजे धनुषाका एकजनालाई पक्राउ गरिएको विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले जानकारी दिएका छन् ।
भट्टराईका अनुसार बिहीबार यात्रु चेकजाँच गर्ने क्षेत्रमा शंकास्पद लागेपछि उनको शरीर तथा सामान चेकजाँच गरिएको थियो । त्यतिवेला उनको भित्री वस्त्र शंकास्पद लागेपछि खनतलासी गर्दा फल्स पकेट बनाएर सुन लुकाएको पाइएको थियो ।
उनले विष्कुट आकारको सुन ४ वटा गरी जम्मा ४६६।५ ग्राम बरामद भएको थियो । साथै, सिक्री आकारको ५० ग्राम सुन पनि बरामद भएको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।