झापा / प्यूठानमा सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्यूठान नगरपालिका– ३ का २५ वर्षीय गोविन्द्र बिक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर विकले बताए ।
पीडितलाई आरोपित बिकले जेठ २३ गते यौन दुर्व्यवहार गरेको भन्दै बालिकाका आफन्तले जेठ २४ गते इलाका प्रहरी कार्यालय बिजुवारमा उजुरी दिएका थिए ।