झापा / पाँचथरको हिलिहाङ गाउँपालिका- ७ को सल्लेरीमा ट्याङ्‍करले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलका चालक सुनसरीको रामधुनी नगरपालिका– ७ का २६ वर्षीय प्रेम घिसिङ रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घिसिङकी श्रीमती कञ्चन मगर भने घाइते भएकी छिन् ।

घिसिङले चलाएको को ५ प २३३० नम्बरको पल्सर मोटरसाइकललाई र मे १ ख २४९४ नम्बरको ट्याङ्‍करले बुधबार दिउँसो ठक्कर दिएको  थियो ।
ठक्करपछि घिसिङ गम्भीर घाइते भएका थिए । उनको झापाको बिएण्डसी अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो । 
घिसिङ श्रीमती कञ्चन मगरसहित ताप्लेजुङ तर्फ जाँदै थिए । मगर पनि गम्भीर घाइते छिन् । आइसीयूमा राखेर बिएण्डसीमै उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेश थापाले जानकारी दिए ।