काठमाडौँ / विवेकशील साझा पार्टीबाट २०७४ सालको स्थानीय तहको चुनावमा काठमाडौंको मेयरमा उठेकी रञ्जु दर्शनाले आउँदो संसदीय चुनावमा काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् ।
काठमाडौँ / विवेकशील साझा पार्टीबाट २०७४ सालको स्थानीय तहको चुनावमा काठमाडौंको मेयरमा उठेकी रञ्जु दर्शनाले आउँदो संसदीय चुनावमा काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् ।
विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष उज्ज्वल थापा उम्मेदवार हुँदै आएको क्षेत्रबाट उनले स्वतन्त्र चुनाब लड्ने निर्णय गरेकी हुन् । गत संसदीय चुनावमा काठमाडौं ५ बाट एमालेका नेता ईश्वर पोखरेल २३ हजार २९ मत ल्याएर विजयी भएका थिए । दोस्रो स्थानमा रहेका कांग्रेसका नेता डा। प्रकाशशरण महतले १३ हजार १६९ मत ल्याएका थिए । साझा पार्टीका तत्कालीन अध्यक्ष थापा ६ हजार ८५३ मतसहित तेस्रो भएका थिए ।काठमाडौं महानगरपालिकाका वडा नं. २, ३, ४ र ५, बूढानिलकण्ठ नगरपालिकाकाका वडा नं. ३, ४, ५, ६ र ७ तथा टोखा नगरपालिकाका वडा नं. २, ३, ४, ५, ६ र ७ लाई काठमाडौं क्षेत्र नम्बर ५ मा राखिएको छ ।
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.