काठमाडौं / काठमाडौं महानगरपालिकाको फोहोर फल्ने क्रममा नुवाकोटको बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच आज पनि झडप भएको छ । 

बुधबार पनि स्थानीयले फोहोर फाल्न अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको हो ।

OM Sai Pathibhara Hospital

मङ्गलबारदेखि प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो । तर, बुधबार पनि स्थानीयले अवरोध गरेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको छ । काठमाडौंबाट फोहोर फाल्न बन्चरेडाँडामा लग्न दुई सय बढी प्रहरी परिचालन गरिएको छ ।

स्थानीयले ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास हान्नु परेको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी उत्तमराज सुवेदीले बताए ।

वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन, गुठीको ९० प्रतिशत जग्गा उपभोग, रोजगारीलगायत माग राखेर स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध गरिरहेका छन् ।