बिर्तामोड / मोरङको विराटनगर महानगरपालिका - ११ बाट अवैध रुपमा भण्डारण गरी राखेको खाद्यान्नका सामग्रीहरू प्रहरीले बरामद गरको छ ।
मंगलबार दिउसो ११ बजे विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले बिराटनगर- ११ मा रहेको शिवम् गणपति ट्रेडिङको गोदाममा भन्सार छली चोरी पैठारी गरी अवैध रूपमा भण्डारण गरी राखेको बिना बिलको अन्दाजी मूल्य ६ लाख ७१ हजार रुपैयाँ बराबरको मासको दाल १९७ बोरा, पहेलो तोरी ४ बोरा, केराउ ४ बोरा सहित २०५ बोरा खाद्यान्नका सामग्री बरामद गरेको हो ।
बरामद भएका उक्त सामग्रीहरू आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।