बिर्तामोड / सुनसरीको लौकही नाकाबाट अवैध रुपमा नेपाल भित्राइएको एक लाख मूल्य बराबरको कोकाकोला सुनसरी भन्सार कार्यालयले बरामद गरेको छ । विशेष सूचनाका आधारमा गएको भन्सार गस्ती टोलीले को १ ख १७९३ नम्बरको पिकअपमा रहेको भारतमा निर्मित कोकाकोला बरामद गरेको हो । उक्त कोकाकोला लोड गर्दै गरेको अवस्थामा भोक्राहा - नरसिंह गाउँपालिका वडा नं - ६ स्थित इसराइल कामत भन्ने स्थानबाट कोकाकोला नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको ढुवानीको साधन र मालवस्तु सम्बन्ध मुद्दा दर्ता गरी कारबाही शुरु भएको भन्सार कार्यालयले जनाएको छ ।