काठमाडौं / काठमाडौंबाट हुन्डी कारोबार गर्ने एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्ला पचरौता नगरपालिका- ७ घर भई हाल काठमाडौँ महानगरपालिका- १३ कालीमाटी बस्दै आएका जयकमल शाह कलवार रहेका छन् ।
काठमाण्डौको टंकेश्वर कालीमाटी एरियाबाट गैरकानुनी रुपमा हुन्डीको कारोबार भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय बाट खटिएको विशेष प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । शाहको साथबाट स्रोत नखुलेको नेपाली रुपैया १७,६६,३०० र भारतीय रुपैया १२,०८,७०० बरामद भएको साथै थप अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।