एजेन्सी / बङ्गलादेशको दक्षिणपूर्वी सहरको सीताकुण्ड भन्ने स्थानमा रहेको एउटा कन्टेनर डिपोमा शनिबार भएको आगलागी परेर ज्यान गुमाउनेको सङ्ख्या २५ पुगेको छ । अझै पनि मृतकको सङ्ख्या बढ्न सक्ने एक वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन् ।

सीताकुण्डको प्रमुख दक्षिणी बन्दरगाहबाट करिब ४० किलोमिटर टाढा रहेको सिताकुण्डमा रहेको भित्री कन्टेनर भण्डारण केन्द्रमा शनिबार राति करिब ९ः३० बजे आगलागी भएको थियो । आगलागीमा परेर २५ जनाको ज्यान गइसकेको प्रहरी अधिकारीहरूले पुष्टि गरेका छन् ।

OM Sai Pathibhara Hospital

सीताकुण्ड जिल्लाका प्रहरी प्रमुख मोहमद मोमिनुर रहमानले शनिबार राति आगो लागेको र त्यस भीषण आगलागीमा पाँच अग्नि नियन्त्रकसहित २५ जनाको मृत्यु भएको बताएका हुन् । आगो अझै पूर्णरुपमा नियन्त्रणमा नआएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको स्वास्थ्य विभागका निर्देशक हसन सहरियारले एएफपीलाई बताए ।