झापा / यस वर्ष एक साताअघि नै मनसुन नेपाल भित्रिएको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो विशेष बुलेटिन जारी गर्दै पूर्वी नेपालमा मनसुन प्रवेश गरेको जानकारी दिएको छ।

नेपालमा जुन १३ गतेदेखि मनसुन भित्रिने सरदर मिति हो । तर, सरदर मिति भन्दा अगाडि नै नेपालको पूर्वी भू–भागमा आइतबारदेखि मनसुन प्रवेश गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

OM Sai Pathibhara Hospital

फागुन १७ देखि जेठ १७ सम्मको अवधि प्रि–मनसुनको हो । यस वर्ष काठमाडौंमा फागुन पहिलो सातादेखि नै छिटपुट वर्षा भइरहेको छ । वैशाख १ पछि त झन् काठमाडौंमा बढी नै वर्षा भएको छ । तैपनि प्रि–मनसुनमा पर्नुपर्ने जति वर्षाको परिमाण पुग्न सकेको छैन ।

मार्च, अप्रिल र मे प्रि–मनसुन हुने महिना हुन् । यस पटक मे महिना सुरु भएपछि मात्र सबैतिर वर्षा भएको छ । ढिलो गरी प्रि–मनसुन सक्रिय भए पनि यो वर्षको मनसुन भने करिब साताअघि नै भित्रिने संकेत देखिएको विभागले जनाएको छ ।

विज्ञहरूका अनुसार बङ्गालको खाडी नजिकको निकोबार र एन्डमान टापु (भारतीय भाग) मा यस पटक औसत समयभन्दा करिब एक साताअघि (मे १६ अर्थात् सोमबार) नै मनसुनी गतिविधि सक्रिय भएकाले मनसुन एक साताअघि सुरु भएको हो ।