काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँ कायम भएको छ , भने तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम थियो । 

OM Sai Pathibhara Hospital

चाँदीको मूल्य पनि आज ५ रुपैयाँले घटेर १ हजार २५० रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य १ हजार २५५ रुपैयाँ कायम भएको थियो ।