बिर्तामोड / साताको अन्तिम दिन बिहीबार शेयर बजारमा पुनः गिरावट आएको छ । उतार चढावबीच बजार परिसूचक नेप्से १४ अंकले ओरालो लागेर २८ सय ७६ कामय भएर थामिएको छ ।

यो साता बजारमा तीब्र उतार चढाव आएको छ । साताभर एक दिन उच्च दरले बढ्ने र अर्को दिन उसैगरी घट्ने क्रम जारी रह्यो । यस दिन कारोबार भने उल्लेख्य दरले बढेर साढें ८ अर्ब माथि पुगेको छ । यस दिन जलविद्युत र निर्जीबन बीमा समूह सामान्य अंकले हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागेका हुन् ।

OM Sai Pathibhara Hospital

जीवन बीमा समूह सबैभन्दा उच्च पौने २ सय अंकले झरेको छ । अरु पनि अधिकांश समूह दोहोरो अंकले ऋणात्मक रहेका छन् । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २४ कम्पनीको १ करोड ५७ लाख कित्ता शेयर ८ अर्ब ६१ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यस दिन १ सय ३७ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा ४५ को बढ्यो भने ९ को स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।