काठमाडौँ / दुई दशक बढीको इतिहासमा नेपाल – बंगलादेश व्यापार हालसम्मकै कमजोर अवस्थामा पुगेको छ ।

सात वर्षअघिसम्म बचतमा रहेको बङ्गलाबन्ध नाकाको व्यापार अहिले निरन्तर ऋणात्मक हुँदै हालसम्मकै कमजोर अवस्थामा पुगेको हो ।

OM Sai Pathibhara Hospital

चालू आर्थिक वर्षको ६ महिनामा नेपालले बङ्गलादेशमा हालसम्मकै न्यून निर्यात गरेको मेची भन्सार कार्यालय, काँकडभिट्टाका प्रमुख केशवराज ओलीले बताए । उनका अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा नेपालले ७ लाख ९० हजार रुपैयाँ बराबरको सामाग्री निर्यात गरेको छ । तर, यो अवधिमा बङ्गलादेशबाट भने २ अर्ब ६० करोड ९२ लाख रुपैयाँ बराबरको सामाग्री आयात भएको भन्सार प्रमुख ओली बताउँछन् ।