काठमाडौं / सुनको भाउ बुधबार प्रतितोला ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम भएको छ । मंगलबार भने छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

OM Sai Pathibhara Hospital

यसैगरी, बुधबार तेजाबी सुनको भाउ तोलाको ९१ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि बढेको देखिन्छ । मंगलबार एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १५ रुपैयाँको दरले बढेर प्रतिलोलाको एक हजार २५५ रुपैयाँ निर्धारण भएको छ ।