काठमाडौं / भारतले नेपाललाई दिने सहायता रकम घटाउन प्रस्ताव गरेको छ । वित्त मन्त्री निर्मला सितारमणले सन् २०२२/२३ का लागि मंगलबार सदनमा पेश गरेको युनियन बजेटमा नेपाललाई दिने सहायता रकम घटाउन प्रस्ताव गरिएको हो ।

गतवर्ष ९ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड) सहयोग गरेको भारतले यस वर्ष भने ७ अर्ब ५० करोड भारु (९  १२ अर्ब रुपैयाँ) मात्र सहयोग गर्ने गरी प्रस्ताव पेश भएको छ । नेपाललाई सहयोग रकम घटाउने प्रस्ताव गरेकी वित्त मन्त्री सीतारमणले दक्षिण एशियामा बांग्लादेशलाई दिने सहयोग रकम २ अर्बबाट बढाएर ३ अर्ब पुर्याउने र माल्दिभ्सलाई गर्ने सहयोग पनि २ अर्ब ५० करोडबाट बढाएर ३ अर्ब ६० करोड बनाउने प्रस्ताव गर्नुभएको छ ।

OM Sai Pathibhara Hospital

भारतले छिमेकीहरूमध्ये सबैभन्दा धेरै सहयोग भुटानलाई गर्छ । तर, भुटानलाई पनि यस वर्ष सहयोग रकम घटाइएको छ । गतवर्ष ३० अर्ब छुट्याइएकोमा यस वर्ष २२ अर्ब ६६ करोडको सहयोग प्रस्ताव गरिएको छ ।