काठमाडौं / सोमवार पनि नेपाली बजारमा  सुनको मूल्य घटेको छ । स्थानीय बजारमा सोमवार सुनको भाउ अघिल्लो कारोबार दिन अर्थात् आइतवारको तुलनामा रू ४०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू ९१ हजार ८०० मा कारोबार भएको छ । छापावाला सुनको मूल्य आइतबार प्रतितोला रू ९२ हजार २०० मा कारोबार भएको थियो । अघिल्लो कारोबारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू ४०० ले घटेको हो ।

OM Sai Pathibhara Hospital

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू ९१ हजार ३०० मा कारोबार भएको छ । अघिल्लो कारोबार दिन तेजाबी सुन प्रतितोला रू ९१ हजार ७०० मा कारोबार भएको थियो ।

यस्तै, सोमवार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो कारोबार दिन प्रतितोला रू १ हजार २५० मा कारोबार भएको चाँदी सोमवार रू १० ले घटेर रू १ हजार २४० मा किनबेच भइरहेको छ ।