काठमाडौँ / सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँले घटेर ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । 

शुक्रबार सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन शुक्रबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
    
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ ले घटेर एक हजार २५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।