विराटनगर / बैंकका प्रमुख कार्यकारी अधिकृत नवीन सुवेदी भ्रष्टाचारको अभियोगका कानुनी कारवाहीमा तानिएपछि समस्यामा परेको प्रदेश एकको विकास बैंक सप्तकोसी डेभलपमेन्ट बैंक नोक्सानमा रहेको वित्तिय विवरण सार्वजनिक भएको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक सम्मको अवधिमा बैंक ३ करोड २५ लाख रुपैयाँ नोक्सानमा रहेको वित्तिय विवरण सार्वजनिक भएको छ । गत वर्ष बैंक ८० लाख ४८ हजार रुपैयाँ खुद नाफामा रहेको थियो ।
चालु आर्थिक वर्षको पुस मसान्त सम्मको अवधिमा बैंकले खुद ब्याज आम्दानी भने १२.१० प्रतिशतले बढाएर ११ करोड १२ लाख रुपैयाँ कमाएको छ । गत वर्ष भने ९ करोड ९१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।





































