विराटनगर / बैंकका प्रमुख कार्यकारी अधिकृत नवीन सुवेदी भ्रष्टाचारको अभियोगका कानुनी कारवाहीमा तानिएपछि समस्यामा परेको प्रदेश एकको विकास बैंक सप्तकोसी डेभलपमेन्ट बैंक नोक्सानमा रहेको वित्तिय विवरण सार्वजनिक भएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक सम्मको अवधिमा बैंक ३ करोड २५ लाख रुपैयाँ नोक्सानमा रहेको वित्तिय विवरण सार्वजनिक भएको छ । गत वर्ष बैंक ८० लाख ४८ हजार रुपैयाँ खुद नाफामा रहेको थियो ।

OM Sai Pathibhara Hospital

चालु आर्थिक वर्षको पुस मसान्त सम्मको अवधिमा बैंकले खुद ब्याज आम्दानी भने १२.१० प्रतिशतले बढाएर ११ करोड १२ लाख रुपैयाँ कमाएको छ । गत वर्ष भने ९ करोड ९१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंक ३ करोड ४५ लाख रुपैयाँ सञ्चालन नोक्सानमा रहेको छ । गत वर्ष १ करोड १३ लाख रुपैयाँ सञ्चालन नाफामा रहेको थियो ।
बैंकको रिजर्भ कोषमा ११ करोड रुपैयाँ रहेको छ  भने खराब कर्जा पनि ४.८४ प्रतिशत बाट बढेर ५.२५ प्रतिशत भएको छ । बैंकको प्रतिसेयर आम्दानी भने ३ रुपैयाँ ९ पैसा ऋणात्मक रहेको छ ।