काठमाडौं  / चालू आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा नेपालबाट ५२ करोड ६६ लाख रुपैयाँ बराबरको सुनचाँदी गहना निर्यात भएको छ । 

भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि पुस महिनाको तथ्याङ्कअनुसार उक्त मूल्य बराबरको सुनचाँदी गहना निर्यात भएको हो ।

OM Sai Pathibhara Hospital

यस अवधिमा ३४ करोड ४९ लाख रुपैयाँ बराबरको सुनका गहना निर्यात भएको छ । विभागले ४० हजार ३२८ ग्राम सुनका गहना निर्यात भएको जानकारी दिएको छ । 

यस्तै, सोही अवधिमा ७४ लाख ७० हजार ग्राम बराबरको १८ करोड १७ लाख रुपैयाँको चाँदीका गहना निर्यात भएको विभागले जानकारी दिएको छ ।

नेपालबाट अष्ट्रेलिया, हङकङ र अमेरिकामा सुनबाट बनेका गहना निर्यात हुने गरेको छ । चालू वर्षको ६ महिनामा अमेरिकामा सबैभन्दा बढी २९ करोड ४७ लाख रुपैयाँ बराबरको सुनका गहना निर्यात भएको छ । 

यस्तै, हङकङमा ४ करोड ३२ लाख रुपैयाँको र अष्ट्रेलियामा ७० लाख रुपैयाँ बराबरको सुनका गहना निर्यात भएको छ ।