काठमाडौं / हालसम्म २४ हजारभन्दा बढी ऋणीहरुले १०६ अर्ब रुपैयाँ बराबरको पुनर्कर्जा पाएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तो पुनर्कर्जा चालू आर्थिक वर्षको पुस मसान्तसम्म २४ हजार २६७ ऋणीले एक खर्ब ६ अर्ब ८ करोड रुपैयाँ लगेको समेत राष्ट्र बैंकले जनाएको हो । 

७ प्रदेश ७७ वटै जिल्लामा प्रवाह भएको यस्तो पुनर्कर्जा ग्राहकको मूल्यांकनको आधारमा विशेष र साधारण गरि १०२ जना ऋणीमा १३ अर्ब ६२ करोड प्रवाह पनि गरिएको छ । 

OM Sai Pathibhara Hospital

साना, लघु तथा घरेलु उद्योग उद्यमशीलता पुनर्कर्जा शीर्षकमा मात्र समीक्षा अवधिमा ९ हजार ४८६ जना ऋणीहरूलाई कुल ८ अर्ब १० करोड रुपैयाँ पुनर्कर्जा प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूबाट प्रदान गरिने एकमुष्ट कर्जामा २ हजार ९६० शाखाहरूबाट २४ हजार १६५ ऋणीहरुलाई कुल ९२ अर्ब ४६ करोड रुपैयाँ पुनर्कर्जा प्रवाह गरिएको बैंकले जनाएको छ ।