रौतहट / प्रहरीले रौतहटको चन्द्रपुर नगरपालिकामा अवैध रुपमा काठ ल्याइरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ ।

ना २१ प ७५४९ नम्बरको मोटरसाइकलमा खयरको डमरु १६ थान लिएर आउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

OM Sai Pathibhara Hospital

प्रहरीका अनुसार पक्राउ पर्नेमा गुजरा नगरपालिका –१ कोठियारका वीरबहादुर लामा दोङ र सोही ठाउँका विजय लामा दोङ छन् ।

काठ र मोटरसाइकलसहित उनीहरूलाई डिभिजन वन कार्यालय रौतहटमा बुझाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख लिलाराज लामिछानेले बताए ।

उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेव यादवले जानकारी दिए ।

अवैधरूप मा कटान गरी तस्करहरूले काँचो खयरको डमरु तथा मुकुन्डो बनाउन मकवानपुर, काठमाडौं लगायतका जिल्लामा लैजाने गरेको प्रमुख यादवले जानकारी दिए ।