सुनसरी / सुनसरीको छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागू औषध सहित ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भोक्राहा नरसिंह –५ का २० वर्षीय सरोज मन्सुरी, २१ वर्षीय हारुण मन्सुरी, १९ वर्षीय धनकुमार राई र इटहरी उपमहानगरपालिका –४ का टिका राई रहेका छन् ।
सुनसरीको इनरुवा नगरपालिका –३ स्थितबाट जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सरोज र हारुणलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूको साथबाट प्रहरीले ब्राउनसुगर ४ ग्राम ८५० मिलिग्राम बरामद गरेको छ ।
त्यस्तै विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका –४ स्थित टिका राईको घरको कोठामा खानतलासी गर्दा लागू औषध डाईजेपाम १० एम्पुल, लुपिजेसिक १० एम्पुल, फेनारगन १० एम्पुल र एभील १० एम्पुल सहित उनीहरूलाई पक्राउ गरेको हो ।