विराटनगर / अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका ‘गुन्डानाइके’ कैदी अभिषेक गिरीलाई जिल्ला कारागार मोरङले चौकीदारको जिम्मेवारी दिएको छ ।
काङ्ग्रेस नेताहरूको जोडबलमा गत मंगलबार बिहान काठमाडौँको डिल्लीबजार कारागारबाट स्थानान्तरण गरी विराटनगर ल्याइएका गिरीलाई जिल्ला कारागार मोरङले चौकीदारको जिम्मेबारी दिएको हो ।
आपराधिक पृष्ठभूमिका ‘गुन्डानाइके’ गिरीलाई चौकीदार सरह काम गर्ने गरी जिम्मेवारी दिइएको जेलर महेन्द्रसिंह खड्काले बताए ।