मुआब्जाको पर्खाईमा बसेका मेची–महाकाली रेलवे पीडित जग्गाधनीलाई मुआब्जा वितरणका लागि सरकारले प्रकृया अघि बढाएको छ । पहिलो चरणमा काकडभिट्टाईनरुवा खण्डमा सरकारले रेल सेवा संचालनका सर्वसाधारणको नाममा रहेको करिव ७५० बिगाहा जग्गा अधिग्रहण गरेको थियो ।

जग्गा अधिग्रहण गरेको लामो समय सम्म पनि मुआब्जा नपाउँदा झापा , मोरङ र सुनसरीका १८ तहका सर्वसाधारणको बिजोक भएको थियो । कोरोना महामारीले अर्थतन्त्र थलिएको र रोजगारी समेत गुमाएको समयमा जग्गा किनबेच र बैंक ऋण समेत निकाल्न नसकेका सर्वसाधारणलाई मुआब्जा दिन सरकारले तयारी अघि बढाएको हो ।

रेल आयोजनाको दमक स्थित कार्यालयले मुआब्जा वितरणका लागि जग्गाको मूल्याङ्कनको काम थालिएको जनाएको छ । आयोजना प्रमुख प्रकाशचन्द्र भण्डारीले चालु आर्थिक वर्षका लागि मुआब्जा वितरण गर्न १ अर्ब ६६ करोड र गतवर्ष आएको सञ्चित रहेको १ अर्ब रुपैयाँ बजेट रहेको जानकारी समेत गराएका छन् ।