धरान / इटहरीबाट लागूऔषध कारोबारमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी -४ फलामे पुल बस्ने ४८ वर्षीय सञ्जयकुमार चौधरी रहेका छन् ।

चौधरीले घरको शौचालय नजिकै खाल्डोमा झ्यास र घर छाउने टायलले छोपेको अवस्थामा डाइलक्स डिसि १०० एमएलको ३३ बोतल, प्लाष्टिकमा नाइट्रोभेट १० को ३०० ट्याब्लेट, स्पास्मो प्रोक्सिभन प्लस २४० ट्याब्लेट, स्पास्मो ८० ट्याब्लेट र थप ३२ ट्याब्लेट लागूऔषध फेला पारेको प्रहरीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

उनले लागूऔषध कारोबार गर्ने गरेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट परिचालन भएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका चौधरीलाई जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।