विराटनगर //अपराध अनुसन्धान र अपराधि पत्ता लगाउने प्रहरी जवान पदको परीक्षा दिँदै गरेका ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भोजपुर पौवादुङ्मा गाउँपालिका -६ का २३ वर्षीया सूर्य राई, १९ वर्षीया सागर राई, २२ वर्षीया संगम राई रहेका छन्।
यसैगरी धनकुटा साँगुरीगढी गाउँपालिका- ८ का १९ वर्षीया सरोज राई,२७ वर्षीया राजकुमार राई, शहिदभूमि गाउँपालिका - ३ का २१ वर्षीया खपाङ राई समेत रहेको प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ।
प्रदेश १ प्रहरी कार्यालय रानी तालिम केन्द्रमा संचालित प्रहरी जवानको लिखित परीक्षामा सहभागी भएका उनीहरुलाई प्रदेश प्रहरी तालीम केन्द्र रानी विराटनगरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएको छ ।
यता प्रहरी जवान पदमा नयाँ भर्ना गराई दिन्छु भनेर भोजपुर पौवादुङ्मा- ६ का सूर्य राईले सोही ठाउँका संगम राईसंग १ लाख १८ हजार, सागर राईसंग १ लाख १८ हजार, धनकुटा साँगुरीगढीका सरोज राईसंग दुई लाख रुपैयाँ लिएको कुरा अनुसन्धानका क्रममा खुलेको प्रहरीले जानकारी गराएको छ।