काठमाडौं / नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान महाशाखाले काठमाण्डौको सिनामंगल स्थित एक होटलबाट १ किलो ८ सय ६६ ग्राम सुन सहित तीनजना लाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको राजस्थानका २७ वर्षीय साकिर अलि , २८ वर्षीय अब्दुल सतार र २४ वर्षीय प्यार मोहम्मद रहेका छन् । उनीहरूको साथबाट सिल्भर र गोल्डेन कलरका पाता र भारतीय रुपैयाँ १ लाख ५ हजार ५ सय बरामद भएको छ ।
सिनामंगलको सिरहा मगहानिया होटलबाट सुन सहित उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी गराएका छन् ।
उनले वैदेशिक रोजगारीबाट नेपाल फर्किनेहरूलाई प्रयोग गरेर विमानस्थल हुँदै विभिन्न घरायसी सामानमा लुकाएर सुन ल्याएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको उनले जानकारी गराएका छन् ।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।