धनगढी / कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप छ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सेतीमा उपचाररत कैलालीका ५ र बैतडीका १ जना सङ्क्रमितको मृत्यु भएको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–५ का ५३ वर्षीय पुरुष, बर्दगोरिया गाउँपालिका–२ का ४० वर्षीय पुरुष, गोदावरी नगरपालिका–१० की ५८ वर्षीया महिला, गोदावरी नगरपालिका–१० कै ६४ वर्षीय पुरुष र गोदावरी नगरपालिका–१ का ४१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । 

OM Sai Pathibhara Hospital

त्यस्तै बैतडीको दशरथचन्द नगरपालिका–४ का ३६ वर्षीय पुरुषको पनि मृत्यु भएको उनले जानकारी दिए ।