काठमाडौं। बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसको संस्थापन इतर समूहले विभाजनभन्दा एकता र सहकार्यको सन्देश दिने प्रयास गरेको छ। प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा पूर्व महामन्त्री प्रकाशमान सिंह, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा। शेखर कोइराला एउटै मञ्चमा उभिएर संयुक्त रूपमा दीप प्रज्वलन गर्दै कार्यक्रमको शुभारम्भ गरेका हुन्।

कार्यक्रममा तीनै नेताले बिरुवामा पानी हालेर बीपीको विचारलाई व्यवहारमा उतार्ने प्रतीकात्मक सन्देश पनि दिएका थिए। ‘संवाद, सहमति र एकता–आजको आवश्यकता’ शीर्षकमा आयोजित स्मृति सभामार्फत इतर समूहले पार्टीभित्र संवाद बढाउँदै संगठनलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता दोहोर्‍याएको छ।