बिर्तामोड / नेपालमा देशभर पछिल्लो २४ घण्टामा आठ हजार १ सय ६७ जना व्यक्तिमा कोरोना संक्रमित पुष्टि भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १७ हजार ९७१ जनाको पीसीआर र ५७७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा आठ हजार १ सय ६७ जना संक्रमित पुष्टि भएका हुन्। पिसिआरबाट आठ हजार ४६ र एन्टीजेन विधिबाट १२१ संक्रमित पुष्टि भएका छन्।
२४ घण्टामा १८७ जना संक्रमितको मृत्यु भएको छ भने हालसम्म नेपालमा ४ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ।
यस्तै, सक्रिय संक्रमितको संख्या एक लाख ९ हजार ७४० पुगेको छ । ६ सय ७५ जना व्यक्ति क्वारेन्टाइनमा छन्। स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर ५ हजार ४ सय ५५ जना व्यक्ति निको भएका छन्।