विदेश

    Showing 931-940 of 2,133 items.
  • विख्यात फेशन कम्पनी प्राडामाथि भारतीय परम्परागत चप्पलको डिजाइन चोरेको आरोप

    एजेन्सी  – इटलीको मिलान फेशन वीकमा प्राडा ब्रान्डका मोडलहरूले छालाको चप्पल लगाएर र्‍याम्पमा हिँडेपछि भारतमा विवाद चर्किएको छ।अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन (ABC) का अनुसार, ती चप्पल भारतको महाराष्ट्रस्थित प्रसिद्ध कोहलपुरी चप्पलसँग हुबहु मिल्ने भन्दै भारतीयहरू सामाजिक सञ्जालमा आक्रोशित भएका छन्।भारत सरकारले सन् २०१९ मा कोहलपुरी चप्पललाई "भौगोलिक संकेत" (GI Tag) प्रदान गर्दै यसको उत्पत्ति कोहलपुरमै भएको आधिकारिक मान्यता दिएको थियो।भारतको एमआईटी इन्स्टिच्युट अफ डिजाइनकी उपप्राध्यापक आर्शिया कपूरले प्राडाको चप्पललाई “सांस्कृतिक चोरी” को उदाहरण भन्दै कडा आलोचना गरेकी छन्। उनका अनुसार

    • प्रकाशित मितिः असार १९, २०८२
    • 357 पटक पढिएको
  • ट्रम्पद्वारा फेड प्रमुख पावेलको राजीनामा माग

    वासिङ्टन –  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) का अध्यक्ष जेरोम पावेलको राजीनामा माग गरेका छन्।ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशल मा पोस्ट गर्दै लेखेका छन्, "धेरै ढिला भइसक्यो, उनले तुरुन्तै राजीनामा दिनुपर्छ!"ट्रम्पले आफ्नो पहिलो कार्यकालमै पावेललाई फेडको अध्यक्ष पदमा मनोनीत गरेका थिए। तर, ब्याजदर नघटाएको भन्दै उनले पावेलको बारम्बार आलोचना गर्दै आएका छन्।यद्यपि राष्ट्रपति ट्रम्पसँग पावेललाई पदबाट हटाउने स्पष्ट अधिकार छ कि छैन भन्ने विषय प्रस्ट छैन।यसअघि वर्षको सुरुमा ट्रम्पले पावेललाई बर्खास्त गर्ने योजना नरहेको बताएका थिए, तर पछिल्लो अभिव्यक्

    • प्रकाशित मितिः असार १९, २०८२
    • 398 पटक पढिएको
  • बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल सजाय

    काठमाडौं— अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना मुद्दामा छ महिनाको जेल सजाय सुनाएको छ।बंगलादेशमा तत्कालीन सरकार विरुद्धको विरोध प्रदर्शनपछि गत वर्ष जुलाईमा शेख हसिनाले सत्ता छोड्नु परेको थियो। त्यसपछि, शेख हसिनालाई कुनै पनि मुद्दामा सजाय सुनाइएको यो पहिलो पटक हो।मुद्दाका अर्का अभियुक्त शकील अकन्द बुलबुललाई दुई महिनाको जेल सजाय सुनाइएको छ।प्रमुख अभियोजक ताजुल इस्लामले पत्रकार सम्मेलनमा भने, “यो सजाय उनले ९शेख हसिना० आत्मसमर्पण गरेको दिनदेखि वा प्रहरीले उनलाई पक्राउ गरेको दिनदेखि लागू हुनेछ।”यसअघि प्रमुख अभियोजक ताजुल इस्लामले शेख हसिना व

    • प्रकाशित मितिः असार १८, २०८२
    • 795 पटक पढिएको
  • औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु, ३६ जना घाइते

    हैदराबाद—  भारतको दक्षिणी राज्य तेलङ्गानाको एक औषधि कारखानामा सोमबार भएको ठूलो विस्फोट र आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ३६ पुगेको छ । करिब ३६ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।राज्यको राजधानी हैदराबादबाट करिब ५० किलोमिटर (३१ माइल) टाढाको औद्योगिक क्षेत्रमा भएको दुर्घटना स्थलबाट दमकलकर्मीहरूले ३४ जना कामदारका जलेका शवहरू फेला पारेको राज्यका दमकल सेवा निर्देशक जीभी नारायण रावले बताए ।अन्य दुई कामदारको जलेको अवस्थामा मृत्यु भएको र उनीहरूलाई अस्पतालमा मृत घोषित गरिएको उनले बताए । उनका अनुसार थप कामदारहरू फसेका छन् कि छैनन् भनेर पत्ता लगाउन सिगाची इन्डस्ट्रिजको नष्ट भएको औषधि ए

    • प्रकाशित मितिः असार १७, २०८२
    • 521 पटक पढिएको
  • भारतको तेलंगानामा औषधि कारखानामा विष्फोट, ३४ जनाको मृत्यु

    भारतको दक्षिणी राज्य तेलंगानाको संगारेड्डी जिल्लास्थित एक औषधि उद्योगमा सोमबार भएको विष्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार घटनास्थलमै ३१ जनाको ज्यान गएको हो भने उपचारको क्रममा थप ३ जनाले अस्पतालमा ज्यान गुमाएका छन्। घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन्।विष्फोट तेलंगानाको पाशमिलारम औद्योगिक क्षेत्रमा रहेको सिगाची उद्योगको रियक्टर युनिटमा सोमबार बिहान भएको हो। विष्फोटको कारण उद्योगको मुख्य भवन ध्वस्त भएको छ। भारतीय सञ्चारमाध्यममा सार्वजनिक भएका भिडियो तथा तस्बिरहरूमा घटनास्थलमा आगलागी भएको देखिन्छ।विष्फोटको कारणबारे अनुसन्धान जारी रहेको स्थानीय प्रशासनले

    • प्रकाशित मितिः असार १७, २०८२
    • 325 पटक पढिएको
  • इरानमा विनाश गर्न गएको अमेरिकी ‘बंकर बस्टर’ नक्कली !

    वासिंगटन डिसी, १७ असार । ‘हामीले उनीहरूलाई जमिनमा प्रहार गरयौं, जसका कारण इरानका आणविक बंकरहरू अहिले माटोमा गाडिएका छन्। अमेरिकी सैन्य शक्तिले फेरि के गर्न सक्छ भनेर विश्वलाई देखाएको छ,’ डोनाल्ड ट्रम्पदेखि ह्वाइट हाउससम्म सबैले यही कुरा गरिरहेका छन्। तर के यो वास्तविकता हो त ? यो दावी हो, अमेरिकाले बनाएको १३ हजार केजीको बमको । पृथ्वीभन्दा सय फिट मुनि गएर कंक्रिट र स्टिलले बनेका शत्रुका बङ्कर ध्वस्त पार्ने यो बमको दुनियाँमा विशालको हैसियत पाएको  थियो । तर, इरानमा भएको आक्रमण पछि भने यो बमको बिषयलाई लिएर यतिखेर धेरै प्रश्न उठिरहेको छ ? पुरा कथा सुनेर तपाई पनि छक्क पर्नु हुनेछ ।अमेरिकाल

    • प्रकाशित मितिः असार १७, २०८२
    • 276 पटक पढिएको
  • हैदराबादको केमिकल कारखानामा विस्फोट

    काठमाडौं — भारतको हैदराबादस्थित पसामिलाराम औद्योगिक क्षेत्रको एक केमिकल कारखानामा विस्फोटपछि ठूलो आगलागी भएको छ।सिगाची केमिकल्स नामक उक्त कारखानामा सोमबार भएको विस्फोटमा कम्तीमा ६ जनाको मृत्यु भएको आशंका गरिएको छ। यद्यपि पाटन्चेरु क्षेत्रका विधायक महिपाल रेड्डीले हालसम्म मृत्यु संख्या यकिन गर्न नसकिएको बताएका छन्। बीबीसीले पनि मृत्यु संख्या आधिकारिक रूपमा पुष्टि गरेको छैन।मिडिया रिपोर्टअनुसार, विस्फोटका कारण करिब २० जना गम्भीर घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ भने आगलागी नियन्त्रणमा लिने प्रयास जारी छ।विस्फोटको कारणबारे विस्तृत विवरण आउन बाँकी छ।

    • प्रकाशित मितिः असार १६, २०८२
    • 449 पटक पढिएको
  • चीनले जापानी समुद्री खाना आयातमा लगाएको प्रतिबन्ध आंशिक रूपमा हटायो

    काठमाडौं — फुकुशिमा आणविक प्लान्टबाट प्रशोधित फोहोर पानी समुद्रमा छोडिएको भन्दै लगाइएको प्रतिबन्ध दुई वर्षपछि चीनले हटाएको छ। चीनले अब जापानका अधिकांश क्षेत्रबाट सर्तसहित समुद्री खाना आयात सुरु गर्ने भएको हो।तर यो निर्णय जापानका सबै प्रान्तमा लागू हुने छैन। टोकियो र फुकुशिमासहित ४७ मध्ये १० प्रिफेक्चरबाट आयात अझै प्रतिबन्धित नै रहनेछ।चीनको सामान्य भन्सार प्रशासनले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा फुकुशिमाबाट समुद्रमा छोडिएको पानीको दीर्घकालीन अनुगमनमा कुनै असमान्यता नदेखिएको उल्लेख छ।सन् २०११ मा आएको विनाशकारी सुनामीका कारण जापानको उत्तर–पूर्वी क्षेत्रस्थित फुकुशिमा आणविक प्लान्टका तीन रिएक्

    • प्रकाशित मितिः असार १६, २०८२
    • 503 पटक पढिएको
  • इरानमाथि बम खसाउन ट्रम्पलाई फकाएका थिए सिनेटर ग्राहमले, अमेरिकालाई आक्रामक बनाउन पैरवी

    एजेन्सी -  इजरायल र इरानबीच द्वन्द्व चलिरहेको बेलामा इरानमाथि अमेरिकी बम खसाउनका लागि राष्ट्रपति डोनल्ड ट्रम्पलाई सिनेटर लिन्डसे ग्राहमले मनाएको द वाल स्ट्रीट जर्नलले खबर दिएको छ ।साउथ क्यारोलाइनाका रिपब्लिकन सिनेटर ग्राहम कट्टर युद्धपक्षधर सांसद हुन् ।ट्रम्पले इजरायल इरान द्वन्द्व रोक्नका लागि कस्तो कदम चाल्ने भनी सोचिरहेको बेलामा ग्राहमले नै इरानको आणविक कार्यक्रमलाई ध्वस्त पार्नका लागि बम आक्रमणको सल्लाह दिएका हुन् । इरानले आणविक कार्यक्रम पुनः सुरु गरेमा के गर्ने भनेर पनि ग्राहमले ट्रम्पलाई सल्लाह दिइरहेका छन् ।यसअघि ट्रम्पसँग धेरैपटक झगडा गरिसकेका ग्राहमले फेरि ट्रम्पसँग नजिकिनका लाग

    • प्रकाशित मितिः असार १६, २०८२
    • 386 पटक पढिएको
  • साहसी अग्नि नियन्त्रकहरूमाथि गोली प्रहार दुई जनाको मृत्यु

    काठमाडौं— अमेरिकाको इडाहो झाडीमा लागेको आगो निभाउने प्रयास गरिरहेका दुई जनाको गोली हानी हत्या गरिएको छ । स्थानीय सेरिफ रोबर्ट नोरिसका अनुसार कोउर डीुएलेन सहरमा कम्तीमा एक जना व्यक्तिले राइफलले प्रहरीमाथि गोली चलाएका थिए । एफबीआईका उपनिर्देशक डान बोन्जिनोले धेरै साहसी अग्नि नियन्त्रकहरूमाथि आक्रमण भएको बताए । 

    • प्रकाशित मितिः असार १६, २०८२
    • 649 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.