काठमाडौं — भारतको हैदराबादस्थित पसामिलाराम औद्योगिक क्षेत्रको एक केमिकल कारखानामा विस्फोटपछि ठूलो आगलागी भएको छ।
सिगाची केमिकल्स नामक उक्त कारखानामा सोमबार भएको विस्फोटमा कम्तीमा ६ जनाको मृत्यु भएको आशंका गरिएको छ। यद्यपि पाटन्चेरु क्षेत्रका विधायक महिपाल रेड्डीले हालसम्म मृत्यु संख्या यकिन गर्न नसकिएको बताएका छन्। बीबीसीले पनि मृत्यु संख्या आधिकारिक रूपमा पुष्टि गरेको छैन।
मिडिया रिपोर्टअनुसार, विस्फोटका कारण करिब २० जना गम्भीर घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ भने आगलागी नियन्त्रणमा लिने प्रयास जारी छ।
विस्फोटको कारणबारे विस्तृत विवरण आउन बाँकी छ।