विदेश

    Showing 861-870 of 2,133 items.
  • पचास जना यात्रु सवार रुसी विमान चिनियाँ सीमामा बेपत्ता

    काठमाडौं— हवाई ट्राफिक नियन्त्रण कक्षसँग सम्पर्क विच्छेद भएपछि एक रुसी यात्रुवाहक विमान बेपत्ता भएको छ। रोयटर्सका अनुसार विमान रुसको पूर्वी अमुर क्षेत्रमा उडिरहेको थियो। यो एएन-२४ विमानमा लगभग ५० यात्रु सवार थिए। यस क्षेत्रका गभर्नरले विमानको खोजी भइरहेको बताए।स्थानीय आपतकालीन मन्त्रालयले विमान चिनियाँ सीमा नजिकै रहेको ब्लागोभेस्चेन्स्कको खाबारोभस्क हुँदै टिन्डा जाँदै गरेको बताएको छ। टिन्डा पुग्नुअघि नै यो राडारबाट हराएको थियो र सम्पर्क विच्छेद भएको थियो।अमुरका गभर्नर भासिली ओर्लोभले हराएको विमान अंगारा एयरलाइन्सको भएको बताए। यसमा ४३ यात्रु र ६ जना चालक दलका सदस्य थिए। यात्रुहरूमा ५ बालबालिका

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 637 पटक पढिएको
  • पूर्वप्रधानन्यायाधीश खैरुल हक पक्राउ

    बंगलादेश— बंगलादेशका पूर्वप्रधानन्यायाधीश एबीएम खैरुल हकलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। डिटेक्टिभ ब्रान्च (डीबी) को टोलीले स्थानीय समय अनुसार बिहान ८ बजे ढाकास्थित धानमन्डीमा रहेको उनको निवासबाट पक्राउ गरेको हो।खैरुलविरुद्ध तीनवटा मुद्दा दर्ता भएका डीबीका संयुक्त आयुक्त नासिरुल इस्लामको भनाइ छ । तीमध्ये एउटा मुद्दा बंगलादेशको संविधानको १३औँ संशोधन खारेज गर्ने ऐतिहासिक निर्णयसँग सम्बन्धित छ। उनलाई न्यायिक निर्णयमा परिवर्तन, भ्रष्टाचार र प्रक्रियामा अनियमितता गरेको आरोप लागिएको छ।खैरुल हक सन् २०१० अक्टोबर १ देखि २०११ मे १७ सम्म बंगलादेशको १९औँ प्रधानन्यायाधीशका रूपमा कार्यरत थिए। सन्

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 689 पटक पढिएको
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेश असंवैधानिक ठहर

    काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संघीय अदालतले ठूलो झट्का दिएको छ। बुधवार एक संघीय अदालतले अमेरिकामा जन्मिने अवैध वा अस्थायी आप्रवासीका सन्तानलाई नागरिकता नदिने ट्रम्पको आदेशलाई असंवैधानिक ठहर गरेको हो।तीनजना न्यायाधीशहरूको संयुक्त इजलासले ट्रम्पको आदेश अमेरिकी संविधानविपरीत रहेको निर्णय सुनाउँदै भनेको छ, “संविधानको उल्लंघन केवल राजनीतिक लाभको लागि गर्न सकिँदैन।”यसअघि सियाटलस्थित जिल्ला न्यायाधीश जोन सी. कगनरले पनि उक्त आदेश कार्यान्वयनमा रोक लगाएका थिए।ट्रम्प प्रशासनले अमेरिकी संविधानको १४औं संशोधन अन्तर्गतको 'सिटिजनसिप क्लज'लाई चुनौती दिएको थियो। उक्त संशोधन अनुसार, “जो कोही व

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 507 पटक पढिएको
  • युनेस्कोबाट बाहिरिने अमेरिकाको निर्णय

    काठमाडौं – संयुक्त राष्ट्रसंघ शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) बाट अमेरिका बाहिरिने भएको छ ।सन् २०२६ को अन्त्यसम्ममा अमेरिका बाहिरिने निर्णय गरेको हो । अमेरिकी पक्षले युनेस्कोले इजरायलप्रति पूर्वाग्रही धारणा अपनाएको र राष्ट्रिय हितसँग मेल नखाने कार्यप्रवृत्ति अपनाएको आरोप लगाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले उक्त निर्णय ‘अमेरिका फस्र्ट’ नीतिअन्तर्गत अमेरिकाको राष्ट्रिय हितअनुसार गरेको दाबी गरेको छ ।

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 477 पटक पढिएको
  • भारतले ५ वर्षपछि फेरि चिनियाँ पर्यटकलाई भिसा दिने, आजवाट सुरू

    बेइजिङ, ८ साउन । भारत सरकारले अब चिनियाँ पर्यटकलाई फेरि भिसा दिने भएको छ । ग्लोबल टाइम्सका अनुसार भारतले यो सेवा पाँच वर्षपछि पुनः सुरु गर्ने भएको छ । कोरोना अवधिपछि यो सेवा बन्द भएको हो । यसपछि सन् २०२० को जुनमा भएको गलवान द्वन्द्वले दुई देशबीचको सम्बन्ध थप बिग्रिए पछि चिनियाँ नागरिकलाई भारतले भिसा दिन बन्द गरेको थियो ।तर, अहिले ५ बर्ष पछि पुनः भिसा प्रकिया सुरू गरेको बेइजिङस्थित भारतीय दूतावासले पुष्टि गरेको छ । यो प्रक्रिया २४ जुलाई २०२५ देखि सुरु हुने दूतावासले जनाएको छ।  यो जानकारी चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले पनि प्रकाशित गरेको छ। जसमा भारतीय दूतावासले बुधबार स

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 370 पटक पढिएको
  • एमिटी युनिभर्सिटी र मनमोहन इन्स्टिच्युट अफ लको सहकार्यः कानुनी अध्ययनमा नयाँ युगको सुरुवात

    विराटनगर— भारतीय संविधान र अदालती प्रक्रियाबारे अध्ययन गर्न भारतको पटना पुगेको मनमोहन इन्स्टिच्युट अफ ल (मनमोहन प्राविधिक विश्वविद्यालय अन्तर्गत) को टोलीले एमिटी युनिभर्सिटीसँग सहकार्यको नयाँ ढोका खोलेको छ।पटनास्थित एमिटी युनिभर्सिटी र मनमोहन इन्स्टिच्युट अफ लबीच कानुनी अध्ययन र अनुसन्धानमा आपसी सहकार्य गर्ने सहमति भएको हो। उक्त सहकार्यले दुबै संस्थाबीच शैक्षिक अनुभव, अनुसन्धान तथा व्यवहारिक अध्ययन आदान–प्रदानमा सहयोग पुर्‍याउनेछ।एमिटी विश्वविद्यालयका प्रोफेसर डा. राजिवरञ्जन झाको नेतृत्वमा नेपाली टोलीलाई भव्य स्वागत गर्दै भारतीय संविधान, अदालतको प्रक्रिया र कार्यान्वयन अवस्थाबारे विस्तृत जानका

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 826 पटक पढिएको
  • हरेक बर्ष गर्मीमा किन हराउँछन् चिनियाँ राष्ट्रपति, यस्तो छ रहस्य

    बेइजिङ, ७ साउन । हरेक जुलाइ वा अगस्टमा चिनियाँ राष्ट्रपति सी जिनपिङ एकाएक गायब हुन्छन, उनी कुनै पनि फोरम वा कार्यक्रममा देखिदैनन् । यो रहस्यका बारेमा कमैलाई थाहा होला, आज हामी यसबारेमा जानकारी दिनेछौं । यो अगष्टमा पनि राष्ट्रपति सि हराउँदैछन् र उनी राजधानी बेइजिङबाट केही समयका लागि बेपत्ता हुदैँछन, यसरी बेपत्ता हुदाँ हरेक बर्ष झै उनी रिसोर्ट बेदइहेमा हुनेछन् । जहाँ उनले चिनियाँ कम्युनिष्ट पार्टीका शिर्ष नेतासँग पार्टी, राष्ट्र र अन्तराष्ट्रिय सबन्धसहित अर्थतन्त्रका बारेमा छलफल गर्नेछन् ।तर, अन्तर्राष्ट्रिय सर्कलमा भने उनको यो बेपत्ताको बारेमा हरेक वर्ष धेरै अनुमानहरू बाहिर आउँछन्, खा

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 271 पटक पढिएको
  • गाजामा पत्रकार जीवन-मरणको संघर्षमा, एएफपीले गर्‍यो आपत्कालीन अपील

    काठमाडौं – अन्तर्राष्ट्रिय समाचार संस्था एजन्स फ्रान्स प्रेस (एएफपी) ले गाजामा कार्यरत आफ्ना स्वतन्त्र पत्रकारहरू र उनीहरूको परिवारको तत्काल उद्धारको माग गरेको छ।गाजा युद्धको चपेटामा परेका ती पत्रकारहरू भोकमरी, थकान र मानसिक तनावका कारण काम गर्न असमर्थ बन्दै गएको एएफपीले जनाएको छ।सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमा आक्रमण गरेपछि सुरु भएको इजरायल-गाजा युद्धमा अहिलेसम्म ५९ हजारभन्दा बढीको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।युद्ध सुरु भएदेखि इजरायलले गाजामा विदेशी पत्रकारहरूको प्रवेशमा प्रतिबन्ध लगाउँदै आएको छ। यस्तो अवस्थामा एएफपी, रोयटर्स, एपीजस्ता अन्तर्राष्ट्रिय समाचार सं

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 542 पटक पढिएको
  • बङ्गलादेशमा लडाकू विमान विद्यालयमा खस्दा २७ जनाको मृत्यु,१७१ जना घाइते

    ढाका — बङ्गलादेशको राजधानी ढाकामा मङ्गलबार दिउँसो एक लडाकू विमान विद्यालयको भवनमा खस्दा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ। दुर्घटनामा १७१ जना घाइते भएका छन्, जसमध्ये ७८ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।मृतकमध्ये २५ जना बालबालक रहेको पुष्टि भइसकेको छ। स्थानीय समय अनुसार दिउँसो १:१८ बजे बङ्गलादेश एयर फोर्सको सेभेन जेट लडाकू विमान ढाकाको उत्तर भागमा रहेको ‘माइलस्टोन स्कूल एन्ड कलेज’को भवनमा खसेको हो।सीएनएनका अनुसार विमानमा यान्त्रिक गडबडी आएपछि पाइलटले नियन्त्रण गुमाएका थिए। पाइलटले जनघनत्व कम भएको क्षेत्रमा आपतकालीन अवतरण गर्ने प्रयास गरे पनि समयमै नियन्त्रण लिन नसकिँदा विमान सो विद्यालयमै खस

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 429 पटक पढिएको
  • २ केजी सुन र २४ लाख नगदसहित दुई चिनियाँ नागरिक पक्राउ

    काठमाडौं— काठमाडौंको ठमेलस्थित एक होटलबाट प्रहरीले २ केजी सुन र २४ लाख रुपैयाँ नगदसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थानलाई नियन्त्रणमा लिएको हो। उनीहरू चीनको सियाचिन सहरका बासिन्दा भएको खुलेको छ।एसएसपी रमेश बस्नेतका अनुसार पक्राउ परेकाहरूको साथबाट अवैध रूपमा ल्याइएको २ किलो सुन र नगद २४ लाख रुपैयाँ बरामद गरिएको हो। प्रहरीले प्रारम्भिक अनुसन्धानपछि दुवै चिनियाँ नागरिक प्रेमी–प्रेमिका भएको जानकारी दिएको छ।

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 581 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.