विदेश

    Showing 861-870 of 1,581 items.
  • इजरायली सेनाले चलाएको गोली लागेर अलजजिराकी पत्रकार मृत्यु

    एजेन्सी / इजरायलमा अलजजिराकी एक पत्रकारको गोली लागेर मृत्यु भएको छ।समाचार संस्था एपीका अनुसार बुधबार बिहान वेस्ट ब्यांकमा इजरायली सेनाले छापा मार्ने क्रममा चलाएको गोली लागेर पत्रकार शिरिन अबु अक्लेहको मृत्यु भएको हो।अलजजिराले प्यालेस्टाइनको उद्धृत गर्दै जेनिन सहर नजिकै अक्लेहको टाउकोमा गोली हानिएको उल्लेख गरेको छ। उनीसँग रिपोर्टिङ गरिरहेका अर्का एक स्थानीय पत्रकार घाइते भएका छन्।

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 117 पटक पढिएको
  • श्रीलङ्कामा कर्फ्यु उल्लंघन गर्नेहरूलाई गोली चलाउन आदेश

    एजेन्सी / श्रीलङ्कामा निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको एक घरलाई प्रदर्शनकारीले जलाइ दिएपछि पूरै देशमा कर्फ्यु जारी गरिएको छ । कर्फ्यु उल्लंघन गर्नेहरूलाई देख्नासाथ गोली चलाउन आदेश दिइएको छ ।आर्थिक सङ्कटका कारण श्रीलङ्काका नागरिकहरूले सरकार विरुद्ध प्रदर्शन गर्दै आएका छन् । सोमबारको यही प्रदर्शनमा एकजना सत्तारुढ दलका सांसदसहित पाँच जनाको मृत्यु भएपछि प्रधानमन्त्री महिन्दा राजापाक्षले पदबाट राजीनामा दिएका थिए । तर पनि श्रीलङ्काका नागरिकको आक्रोश थामिएको छैन ।उनीहरूले मंगलबार राजापाक्षेको एक घरलाई जलाइदिएका छन् । सुरक्षाकर्मीले तत्कालै राजापाक्ष र उनका परिवारका सदस्यहरूलाई सो घरब

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 128 पटक पढिएको
  • युक्रेनको इजियुम सहरमा ४४ जनाको शव फेला

    एजेन्सी / युक्रेनको इजियुम सहरमा एक भत्किएको संरचनाको भुइँतलामा ४४ जना युक्रेनीको शव फेला परेको छ।मार्चमा पाँच तलाको भवन रुसी गोलाबारी पछि भत्किएको थियो। भवनको ‘बेसमेन्ट’ मा त्यही भत्किएको भवनमा बस्ने नागरिक बास बसेका थिए।अहिले उद्दारकर्ता उक्त भत्किएको संरचना नजिक पुगेको बिबिसीले जनाएको छ। मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ। भत्किएको भवनकै नजिक अर्को विस्फोटन भइरहेको छ।इजियुम सहरका मेयरले बिबिसीलाई बताएअनुसार त्यहाँ अरू मानिसहरू पनि फसेका छन्। इजियुम सहरको आधा हिस्सा अप्रिल १ देखि रुसी सैनिकको नियन्त्रणमा रहेको छ। 

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 122 पटक पढिएको
  • श्रीलंकामा हिंसात्मक झडप : सांसदसहित ५ को मृत्यु, १५० भन्दा बढी घाइते

    एजेन्सी / श्रीलंकामा सरकार समर्थक र विरोधिबीच भएको हिंसात्मक झडपमा एक परी एक जना सांसदसहित पाँच जनाको ज्यान गएको छ । समाचार संस्था एएफपीका अनुसार झडपमा परी कम्तीमा १५० जना घाइते भएका छन्।सत्तारुढ दलका सांसद अमरकीर्थी अथुकोराले एउटा कारलाई रोक्ने क्रममा सोमबार गोली चलाउँदा दुई जना गम्भीर घाइते भएका थिए घाइतेमध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।सांसद्ले  ‘त्यसपछि आफ्नो रिभल्भरले आफ्नै ज्यान लिएको,’ एक प्रहरी अधिकारीले एएफपीलाई जानकारी दिएका छन्।त्यसपछि प्रहरी, सरकार समर्थक र विरोधीबीच भइरहेको लगातारको झडपमा परी थप ३ जनाको ज्यान गएको छ। झडपका घाइतेको भएकाहरुको कोलम्बो नेशनल अस्प

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 120 पटक पढिएको
  • श्रीलङ्कामा हिंसात्मक झडप : एक सांसदको हत्या, प्रधानमन्त्री राजापाक्षेको घरमा आगजनी

    एजेन्सी  / श्रीलङ्कामा सोमबार भएको हिंसात्मक झडपको क्रममा सत्तारुढ दलका एक सांसदको मृत्यु भएको छ। एएफपीका अनुसार झडपमा सांसद पी अमरकीर्थी अथुकोरालाको मृत्यु भएको हो ।झडपका क्रममा १३० भन्दा धेरै घाइते भएका छन्। तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । झडप हुँदा एक सांसद र एक पूर्वमन्त्रीको घरमा सोमबार साँझ भीषण आगजनी भएको छ। पूर्वमन्त्री जोनस्टन फर्नान्डोको माउन्ट ल्याभिनियामा रहेको घर र सांसद सनथ निशान्तको घरमा प्रदर्शनकारीले आगजनी गरेका हुन्।सरकारले कर्फ्यु लगाएको भए पनि हजारौं मानिस सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन्। सोमबार दिउँसो महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट रा

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 133 पटक पढिएको
  • दाउद इब्राहिमको २० ठेगानामा एनआईएको छापा

    एजेन्सी / भारतको नेशनल इनभेस्टिगेशन एजेन्सी (एनआईए) ले कुख्यात डन दाउद इब्राहिमको २० भन्दा बढी ठेगानामा छापा मारेको छ। एनआईएले सोमबार भारतको मुम्बाइ शहरको विभिन्न ईलाकामा शार्प सुटर र तस्करहरु समेत रहेको अनुमानमा छापा मारेको हो।छापा मारिएको क्षेत्रमा दाउदको नजिक मानिने छोटा शकील, जावेद चिकना, टाइगर मेनन, इकबाल मिर्ची, दाउदकी बहिनी हसीना पारकर लगायतको बसोबास रहेको बताइएको छ। देशविरोधी काम र अवैध रकम असुलीको आरोपमा एनआईएले सोमबार गुप्त कारबाही गरेको बताइएको छ।गत फेब्रुअरीमा गृह मन्त्रालयको आदेशमा एनआईएले दाउद इब्राहिम (डी कम्पनी)को विरुद्धमा मुद्दा दायर गरेको थियो। सोही मामिलामा यो छाप

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • 176 पटक पढिएको
  • रुस युक्रेन युद्ध : युक्रेनको एक विद्यालयमा बम विस्फोट, ६० जनाको मृत्यु

    एजेन्सी / रुस युक्रेन युद्ध अन्तरगत रुसी सेनाले युक्रेनको एक विद्यालयमा बम विस्फोट गराउँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ । यसअघि लुहान्स्क क्षेत्रका गभर्नर सेर्ही हैदाइले बिलोहोरिभकाको एउटा भवनमा ९० जनाले शरण लिएकामध्ये ३० जनालाई मात्र विस्फोटपछि जीवितै निकालिएको बताएका थिए । उनका अनुसार रुसी विमानले शनिबार भवनमा बम खसालेको थियो तर रूसले यसबारे कुनै टिप्पणी गरेको छैन ।लुहान्स्क भीषण युद्धको लागि तयार छ, त्यहाँ रुसी सैनिक र पृथकतावादी लडाकुले युक्रेनी सेनासँग लडिरहेका छन् । यसका धेरै क्षेत्रहरू विगत आठ वर्षदेखि रुसी समर्थित चरमपन्थीहरूको नियन्त्रणमा छन् ।बिलोहोरिभ्का सरकार नियन्त्रित

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • 131 पटक पढिएको
  • हवानाको होटल विष्फोटमा २७ जनाको मृत्यु

    एजेन्सी / क्युबाको हवानास्थित साराटोगा होटल विस्फोटको भग्नावशेषमा उद्धारकर्ताहरूले आफ्नो कार्य जारी राखेका छन् ।होटलमा शनिवार भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या २७ पुगेको अधिकारीहरूले बताएका छन् । साराटोगा होटलको माथिल्लो तल्लामा कोही पनि जीवित नभेटिएको जनाइएको छ । यस विस्फोटमा परी घाइते भएका ३७ जनालाई अस्पतालमा भर्ना गरिएको बताइएको छ । यद्यपि यसअघि ४६ जनालाई अस्पताल भर्ना गरिएको समाचार दिइएको थियो । रेडक्रसका एक अधिकारीले यस विस्फोटमा ३२ जनाको मृत्यु भएको जानकारी दिएपछि अन्योल भएको थियो । यस विस्फोटबाट ज्यान गुमाउनेको यो संख्यालाई पछि ‘त्रुटि’ भनिएको थियो ।

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 124 पटक पढिएको
  • श्रीलङ्कामा पुनः संकटकाल घोषणा

    एजेन्सी / आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्कामा पुनः संकटकाल घोषणा गरिएको छ । श्रीलंकका राष्ट्रपति गोताबाय राजापाक्षेले पाँच सातापछि दोस्रोपटक आज फेरि संकटकाल घोषणा गरेका हुन्।कोरोना महामारीका कारण श्रीलंकामा अर्थतन्त्रको बलियो आधारका रूपमा रहेको पर्यटन उद्योग ठप्प भएको थियो । केही अर्थशास्त्रीले भने लगातार वैदेशिक ऋण लिने र अव्यवस्थापनका कारण अर्थतन्त्र धर्मराएको बताएका छन् । श्रीलंकाले सन् २०२० को मार्चमा विदेशी मु्द्रा बचाउन भन्दै आयातमा प्रतिबन्ध लगाएको थियो । राजापाक्षको राजीनामा माग्दै विभिन्न ट्रेड युनियनले देशव्यापी हड्ताल गरिरहेका छन् । राष्ट्रपतिले भने सार्वजनिक व्यवस्था सुन

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 142 पटक पढिएको
  • ग्यास चुहावट भएर होटेलमा विस्फोट हुँदा २२ जनाको मृत्यु, ५० घाइते

    एजेन्सी / मध्यहवानाको पाँचतारे होटेलमा भएको शक्तिशाली विस्फोटमा परेर मृत्यु हुनेको संख्या २२  पुगेको छ । ग्यास चुहावट पछि भएको विस्फोटमा ५० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् ।साराटोगा होटेलमा शुक्रबार भएको सो विस्फोटमा फसेका व्यक्तिहरूको उद्धार प्रयास भइरहेको उद्धारकर्मीहरूले बताएका छन् ।विस्फोटमा दुर्भाग्यवश २२ जनाको मृत्यु भएको छ’, स्वास्थ्य मन्त्रालयको अस्पताल सेवाका प्रमुख जुलियो गुएराले पत्रकार सम्मेलनमा बताएका छन् । यसअघि विस्फोटका कारण ९ जनाको मृत्यु भएको जनाइएको थियो ।विस्फोटमा दर्जनौं घाइते भएका मन्त्रालय र क्युबाली राष्ट्रपति कार्यालयले जनाएको छ । घाइतेहरूको स्थानीय अस्पत

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 183 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा