विदेश

    Showing 851-860 of 1,581 items.
  • अमेरिकाद्धारा युक्रेनमा बसेर रुसविरुद्ध साइबर आक्रमण गरेको स्वीकार

    एजेन्सी / अमेरिकाका साइबर कमान्ड विशेषज्ञहरू युक्रेनमा खटिएको र उनीहरूले रुसविरुद्ध आक्रामक कारवाही चलाएको कमान्डर तथा राष्ट्रिय सुरक्षा निकायका महानिर्देशक पल नाकासोनेले बताएका छन् । बुधवार स्काई न्युजसँगको अन्तर्वार्तामा नाकासोनेले सूचना युद्ध गर्नका लागि अमेरिकी गुप्तचरहरूले सीएनएन जस्ता कर्पोरेट मिडिया उपयोग गर्ने गरेको बताए । इस्टोनियामा आयोजित साइबर सम्मेलनको साइडलाइनमा कुरा गर्दै उनले १६ वटा मुलुकमा अमेरिकाका साइबर विशेषज्ञहरू खटिएको बताए । विदेशी ह्याकरलाई पत्ता लगाउने तथा तिनले प्रयोग गर्ने साधन पत्ता लगाउने उनीहरूको काम हो । ‘युक्रेन सरकारको निमन्त्रणमा सन् २०२१ को डिस

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 117 पटक पढिएको
  • इरानमा निर्माणाधीन १० तले भवन भत्किएर मृत्यु हुनेको संख्या ३४ पुग्यो

    एजेन्सी / इरानको राजधानी तेहरानमा एक भवन भत्कँदा त्यसमा परेर ज्यान गुमाउने व्यक्तिको संख्या ३४ पुगेको छ ।साथै भत्किएको भवनमा उद्धारकार्य जारी रहेको मङ्गलबार बताइएको छ ।अब्दान सहरको व्यस्त सडकमा निर्माणाधीन १० तले भवन भत्किएको जनाइएको छ । मंगलबार बिहान अर्को चार शव फेला परेपछि मृत्यु हुनेको कुल संख्या ३४ पुगेको राज्यद्वारा सञ्चालित समाचार एजेन्सी इर्नाले सहरका गभर्नर एहसान अब्बासपुरलाई उद्धृत गर्दै जनाएको छ । गत आइतबार भत्किएको सो १० तले भवनमा परेर अरु केही व्यक्ति घाइते पनि भएका थिए ।सो भवन निर्माणाधीन अवस्थामा रहेको थियो । सहरकोबीच भागमा निकै भीडभाड हुने क्षेत्रमा सो भवन निर्माण गरि

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 128 पटक पढिएको
  • ब्राजिलमा बाढी पहिरोमा परी ५६ को मृत्यु

    एजेन्सी / ब्राजिलको उत्तरपूर्वी राज्य पर्नाम्बुकोमा भारी वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ। व्यापक वर्षाका कारण आएको बाढी र पहिरोमा परी ५६ जनाको मृत्यु भएको र अझै बेपत्ता हुनेको संख्या ५६ रहेको आइतबार स्थानीय अधिकारीले बताएका छन्। बाढी र पहिरोबाट प्रभावित व्यक्तिको उद्धारमा करिब चार हजार उद्धारकर्मी खटाइएको छ। उत्तरपूर्वी पर्नाम्बुको राज्यको राजधानी रेसिफ सहर सबैभन्दा बढी प्रभावित भएको छ। उक्त सहरमा मात्र ३० भन्दा बढी मानिसको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले स्थितिको मूल्यांकन गर्न सोमबार रेसिफको भ्रमण ग

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 106 पटक पढिएको
  • छोरी बेच्न नदिएपछी जिस्कानीले गरे श्रीमतीको हत्या

    एजेन्सी / पाकिस्तानका एक नागरिकले आफ्नी छोरी बिक्री गर्न नदिएको झोकमा श्रीमतीको हत्या गरेका छन् ।पाकिस्तानको लक्की शाह सदर इलाकाका जुल्फिकार जिस्कानीले आफ्नी नाबालिग छोरीलाई धेरै रकम लिएर विवाह गराउन खोज्दा उनकी श्रीमतीले त्यसको विरोध गरेकी थिइन् । श्रीमती बबली जिस्कानीले छोरी बेच्न नदिएपछि क्रोधित भएका उनले बबलीको हत्या गरेका हुन् । हत्याको अभियोगमा उनलाई प्रहरीले हिरासतमा लिएको छ । बबलीका भाइ मुनव्वर जिस्कानीले आफ्ना भिनाजुले भाञ्जी हुमेरालाई एक लाख रुपैयाँमा विवाहका लागि एक व्यक्तिलाई सुम्पन गरेको  प्रयासको विरोध गर्दा दिदी बबलीको घाँटी थिचेर हत्या गरेको प्रहरीलाई बताएका छन्

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 122 पटक पढिएको
  • नाइजेरियाली चर्चमा भागदौड हुँदा कम्तीमा ३१ जनाको मृत्यु

    एजेन्सी /  नाइजेरियाको एक चर्चमा भागदौड हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।दक्षिणी नाइजेरियामा रहेको नाइजेरियाको रिभर राज्यको पोर्ट हार्कोर्ट शहरमा चर्चमा सम्पन्न एक धार्मिक कार्यक्रमपछि खाना वितरण भइरहेको समय एक्कासि भागदौड भएको चर्चका अधिकारीलाई उद्धृत गरी नाइजेरियाली प्रहरीले जनाएको छ ।कम्तीमा ३१ जनाको मृत्यु पुष्टि भएको र अन्य केही घाइते भएका स्थानीय प्रहरीका प्रवक्ता ग्रेस आइरिन्ज-कोकाले जनाएका छन् ।अफ्रिकी मुलुक नाइजेरियामा समुदाय समुदाय बीचमा बेलाबखत हुने द्वन्द्वका कारण ग्रामीण क्षेत्रका मानिसहरूले भय र त्रासका बीच आफ्ना दैनिकी सञ्चालन गर्दै आएका छन् ।

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 124 पटक पढिएको
  • अफगानिस्तानमा विस्फोट हुँदा १२ जनाको मृत्यु , ३७ जना घाइते

    एजेन्सी / अफगानिस्तानमा बुधबार भएको विस्फोटमा परी कम्तिमा १२ जनाको मृत्यु भएको छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार मजार- ए- शरीफ इलाकामा एक मिनी बसमा तीन बम विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको हो । उक्त विस्फोटमा परी १५ जना घाइते भएका छन् ।बुधबार नै काबुलमा रहेको एक मस्जिदभित्र भएको बम विस्फोटमा कम्तिमा दुईजना मारिएका छन् भने १० जना घाइते भएका छन् ।समाचार एजेन्सी रोयटर्सका अनुसार मजार- ए- शरीफमा भएका विस्फोटको जिम्मेवारी चरमपन्थी संगठन इस्लामिक स्टेटले लिएको छ । काबुलको आपतकालीन अस्पतालका अनुसार मस्जिदमा भएको विस्फोटमा परी कम्तिमा ५ जनाको मृत्यु र २२ जना घाइते भएको बीबीसीले खबर लेखेको छ

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 118 पटक पढिएको
  • रुसको नियन्त्रणमा रहेको एनरगोदार शहरका मेयर बम विस्फोटमा घाइते

    एजेन्सी / रुसको नियन्त्रणमा रहेको दक्षिणपूर्वी युक्रेनको एनरगोदार शहरमा आइतबार बम विस्फोट हुँदा त्यहाँका मेयर र उनका दुईजना अंगरक्षक घाइते भएको रुसी समाचार संस्था तासले जानकारी दिएको छ । मेयर आन्द्रे शेव्चिक र उनका अंगरक्षकहरू मेयरको घरमा प्रवेश गर्न लाग्दा विस्फोटमा परी घाइते भएको स्थानीय कानून कार्यान्वयन अधिकारीले बताए । प्रवेशद्वारमा विद्युतीय वायरिङ बक्समा घरैमा बनेको विस्फोटक पदार्थ राखिएको जानकारी ती अधिकारीले दिए । शेव्चिकले युक्रेनबाट लगातार धम्की पाइरहेका थिए । 

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 114 पटक पढिएको
  • भारतको बिहार राज्यमा आँधीमा परि ३३ जनाको मृत्यु, प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

    एजेन्सी / भारतीय पूर्वी राज्य बिहारमा आएको आँधीमा परेर कम्तीमा पनि ३३ जनाको ज्यान गएको छ । बिहीबारदेखि भारी वर्षासहित आएको आँधीले जनधनको क्षति भएको पनि बताइएको छ । बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारलाई उद्धृत गर्दै त्यस क्षेत्रका स्थानीय सञ्चारमाध्यमहरूले दिएको समाचार अनुसार बिहीबारदेखि सुरु भएको वर्षा तथा हावाहुरीले यहाँका ३३ जनाको ज्यान लिएको छ ।यस राज्यका करिब १६ जिल्लामा आँधीले असर गरेको छ । सो आँधीमा परेर सयौँ घर भत्काइदिएको छ भने अरु भौतिक संरचनामा पनि क्षति पुगेको छ ।भत्किएका घरको पुननिर्माणका साथै अन्य सहायताका लागि यहाँका सुरक्षा निकायहरूलाई मुख्यमन्त्रीको कार्यालयल

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 185 पटक पढिएको
  • न्युयोर्कको सुपरमार्केटमा अन्धाधुन्ध गोली प्रहारबाट १० जनाको मृत्यु

    एजेन्सी / अमेरिकाको न्युयोर्कस्थित ‘बफेलो सुपरमार्केट’ मा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । आक्रमणपछि किशोरले आत्मसमर्पण गरेका थिए । समाचार एजेन्सी पीटीआईका अनुसार, प्रहरी अधिकारीहरूले भने कि १८ वर्षीय युवकले सैनिक जस्तै देखिने पोशाक र कवच लगाएका थिए । आक्रमणकारी किशोरले हेलमेट लगाएका थिए, जसमा फिक्स क्यामेरा थियो र आक्रमणको लाइभ स्ट्रिमिङ गरिरहेको थियो ।शहरका प्रहरी आयुक्त जोसेफ ग्रामाग्लियाले किशोरले पसल बाहिर चार जनालाई गोली हानेको जानकारी दिए ।जोसेफले भने, ‘ पसलमा प्रवेश गरेपछि गार्डले किशोरलाई गोली हाने तर बुलेट प्रुफ ज्याकेट लगाएकाले त

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 122 पटक पढिएको
  • चीनमा १२२ जना सवार जहाज रनवे बाहिर गएपछि सुरु भयो आगलागी

    एजेन्सी / चीनमा तिब्बत एयरलाइन्सको एउटा जहाज टेकअफ गर्न लाग्दा रनवे बाहिर गई आगो लागेको छ ।  दक्षिण पश्चिमी सहर चोङकिङको विमानस्थलबाट  बिहीबार बिहान एयरबस ए ३१९ जहाजमा टेकअफ गर्न लाग्दा समस्या आएको थियो । जहाजमा समस्या देखिएपछि चालकले जहाजलाई टेकअफ हुनबाट रोकेका थिए ।  स्थानीय समयअनुसार बिहान आठ बजे जहाजमा आगलागी भएको चोङकिङ जियाङबेई अन्तर्राष्ट्रिय विमानस्थललाई उद्धृत गर्दै ग्लोबल टाइम्सले जनाएको छ । जहाजमा ११३ यात्रु र नौ जना चालक दलका सदस्य थिए । चीनको नागरिक उड्डयन प्रशासनले ३६ जनालाई सामान्य चोटपटक लागेको र उपचारका  लागि स्थानीय अस्पताल लगिएको बताएको छ । 

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 148 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा