विदेश

    Showing 831-840 of 2,133 items.
  • ट्रम्पद्वारा भारतमा ५० प्रतिशत ट्यारिफ लगाइयो

    काठमाडौं –  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सम्पूर्ण वस्तुहरूमा थप २५ प्रतिशत ट्यारिफ लगाउने निर्णय गरेका छन्, जसले गर्दा कुल ट्यारिफ ५० प्रतिशत पुगेको छ ।ह्वाइट हाउसद्वारा बुधबार जारी गरिएको कार्यकारी आदेश अनुसार, यो नयाँ शुल्क आदेश जारी भएको मितिबाट २१ दिनपछि लागू हुनेछ । ट्रम्प प्रशासनले भारतले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुसी तेलको आयात गरिरहेको आरोप लगाउँदै उक्त निर्णय लिएको जनाएको छ ।यस निर्णयप्रति भारतको विदेश मन्त्रालयले कडा प्रतिक्रिया दिएको छ । मन्त्रालयले वक्तव्य जारी गर्दै भनेको छ, ‘यो कदम अनुचित, अकारण र तर्कहीन छ ।’ साथै भारतले ऊर्जा सुरक्षाका लागि बज

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 561 पटक पढिएको
  • अमेरिकाको भिसा लिन १५,००० डलर धरौटी राख्नुपर्ने नियम

    काठमाडौं –  अफ्रिकाका दुई देश मलावी र जाम्बियाका नागरिकले टूरिस्ट वा बिज्निस भिसाका लागि आवेदन गर्दा १५ हजार अमेरिकी डलर धरौटी राख्नुपर्ने अमेरिकाको विदेश मन्त्रालयले जनाएको छ ।विदेश मन्त्रालयद्वारा जारी एउटा सार्वजनिक सूचनाअनुसार बाह्रमहिने नमुना कार्यक्रमको उद्देश्य ’ओभरस्टे’ गर्ने अर्थात् भिसा अवधिभन्दा बढी समय बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्नु हो । जाँचका लागि आवश्यक जानकारी अपुग हुँदा पनि यो व्यवस्था लागु हुने छ ।मलावी र जाम्बियाबाहेक अरू देशका नागरिकहरूले पनि छिट्टै त्यसै गरी धरौटी रकम जम्मा गर्नुपर्ने हुन सक्ने अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार अमेरिका भ्रमणको स

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 681 पटक पढिएको
  • म्यानमारका कार्यवाहक राष्ट्रपतिको निधन

    म्यानमार— म्यानमारका कार्यवाहक राष्ट्रपति यु म्यिन्ट स्वेको निधन भएकोे छ । सैन्य अस्पतालको आइसीयूमा उपचाररत उनको आज बिहान निधन भएको बताइएको छ । हिजो राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा परिषद्का प्रवक्ता मेजर जनरल जअ मिन्टुनले यु म्यिन्ट स्वेको मृत्यु भएको भन्ने समाचारलाई असत्य भनेक थिए ।राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्काअनुसार सन् २०२३ को प्रारम्भदेखि नै स्वेलाई हिँडडुलमा समस्या, खानपानमा कठिनाई र अन्य न्युरोलोजिकल समस्या देखिन थालेका थिए । विस्तृत चिकित्सकीय परीक्षणबाट उनलाई पार्किन्सनलगायत स्नायु रोगहरू भएको पुष्टि भएको थियो ।त्यसपछि २०२४ को अप्रिलमा सिंगापुरमा, सोही वर्षको मेदेखि जुनसम्

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 739 पटक पढिएको
  • ट्रम्पको धम्कि पछि मोदीले पठाए अजित डोभाललाई रूस

    नयाँ दिल्ली, २२ साउन । अमेरिका र भारतबीच बढ्दो तनाव र रुसबारे बढ्दो कडा अभिव्यक्तिका बीच भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल रुस पुगेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो चेतावनी र तीखो टिप्पणीका बिचमा डोभालको रूस भ्रमणको महत्व अहिले रणनीतिक र राजनीतिक बन्न पुगेको छ ।उनको यो भ्रमण यस्तो समयमा भइरहेको छ, जब डोनाल्ड ट्रम्पले रुसी तेल र रक्षा उपकरण खरिदलाई लिएर भारतमाथि खुलेर हमला गरिरहेका छन् । अब प्रश्न उठ्छ कि ट्रम्पले युक्रेन युद्धका सम्बन्धमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दबाब दिइरहेका र रुसबाट टाढा हुन भारतलाई दबाब दिइरहेका बेला भारतका सुरक्षा सल्लाहकार डो

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 372 पटक पढिएको
  • बङ्गलादेशमा सडक दुर्घटनामा एउटै परिवारका ७ जनाको मृत्यु

    बङ्गलादेशं—  बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक दुर्घटनामा एउटै परिवारका ७ जनाको मृत्यु भएको छ । मृतकमध्ये तीन जना बालबालिका रहेका छन् ।चन्द्रगञ्ज हाइवे प्रहरी चौकीका प्रमुख मोबारक हुसैनका अनुसार, पीडितहरू हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट आफन्तलाई लिएर माइक्रोबसमा घर फर्किरहेका थिए । फर्किने क्रममा बेगमगञ्ज उप–जिल्लामा सवारी साधन अनियन्त्रित भई सडक छेउको नहरमा खस्दा दुर्घटना भएको हो ।“हामी अनुमान गर्छौं कि चालक सुतिरहेको हुन सक्छ, जसका कारण सवारी नियन्त्रण गुमाएर नहरमा खस्यो,“ उनले भने ।स्थानीय समयअनुसार बिहान करिब ६ बजे भएको सो दुर्घटनामा सवार सबैको घटना

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 585 पटक पढिएको
  • अमेरिकामा मेडिकल ट्रान्सपोर्ट विमान दुर्घटना, सवार सबै जनाको मृत्यु

    काठमाडौं – अमेरिकाको उत्तरी एरिजोनाको चिन्ले म्युनिसिपल एयरपोर्ट नजिकै मंगलबार दिउँसो एउटा सानो दुई इन्जिन भएको मेडिकल ट्रान्सपोर्ट विमान दुर्घटनाग्रस्त भएको छ । विमान दुर्घटनापछि विमानमा आगो लागेको छ ।विमानमा सवार सबै चार जनाको मृत्यु भएको नाभाजो प्रहरी विभागले आफ्नो फेसबुक पेजमा जनाएको छ।न्यू मेक्सिकोको अल्बुकर्कको सीएसआई एभिएसनद्वारा सञ्चालित उक्त विमान नजिकैको अस्पतालबाट बिरामी लिन जाँदै गर्दा दिउँसो १२:४० बजे दुर्घटनाग्रस्त भयो। सबै पीडितहरू गैर-स्थानीय थिए र उनीहरूका आफन्तहरूलाई कम्पनीले सूचित गरेको छ।

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 665 पटक पढिएको
  • बाढीले ३४ सेकेन्डमै ध्वस्त धाराली गाउँ

    काठमाडौँ – भारतको उत्तराखण्डको सुन्दर धाराली गाउँ मात्र लेदोसहितको बाढीले ३४ सेकेन्डमै ध्वस्त भएको छ । माथिबाट एक्कासि आएको बाढीले क्षणभरमै गाउँ नै ध्वस्त भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । मंगलबार दिउँसो प्रकृतिले विनाशले खीर गंगा गाउँ केवल ३४ सेकेन्डमै पूर्ण रूपमा बगेको समाचारमा उल्लेख छ । घटनाका भिडियो र तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, जसमा अनियन्त्रित वर्षाको पानी र पहाडबाट निस्केको भग्नावशेष गाउँतिर बगिरहेको देखिन्छ, जसले सबै कुरा नष्ट गरेको हो । अहिलेसम्म चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५० भन्दा बढी मानिसहरू बेपत्ता छन् । धेरै मानिसहरू भग्नावशेषमु

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 1,118 पटक पढिएको
  • पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई घरमै नजरबन्दमा राख्न सर्वोच्च अदालतको आदेश

    ब्रासिलिया  – ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई घरमै नजरबन्दमा राख्न आदेश दिएको छ। बोल्सोनारोमाथि कूको आरोपमा मुद्दा चलिरहेको छ।उनले कथित कू षड्यन्त्रमा कुनै पनि संलग्नता अस्वीकार गरेका छन्। न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले बोल्सोनारोले गत महिना उनीमाथि लगाइएको प्रतिबन्धको पालना नगरेकाले यो निर्णय गरिएको बताए।बोल्सोनारोको कानुनी टोलीले रोक आदेश उल्लङ्घन गरेको अस्वीकार गर्दै यो निर्णयविरुद्ध अपिल गर्ने बताएको छ । ब्राजिलको सर्वोच्च अदालतको यो आदेशको अमेरिकाले निन्दा गरेको छ।

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 654 पटक पढिएको
  • तुर्कमेनिस्तान पुगे प्रधानमन्त्री ओली

    तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि आज तुर्कमेनिस्तान आइपुगेका छन् ।प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समय अनुसार दिउँसो १४.३० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तुर्कमेनिस्तानको आवाजा सहर आइपुगेका हुन् । उनलाई तुर्कमेनिस्तानबासी अन्तर्राष्ट्रिय विमानस्थलमा तुर्कमेनिस्तान सरकार(मप)का उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारादोभ, संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्यूयोर्कका आवासीय प्रतिनिधि लोकबहादुर थापालगायतले स्वागत गरे ।यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 602 पटक पढिएको
  • पाकिस्तानमा अविरल वर्षासंगै आएको बाढीले बालबालिकासहित २९९ जनाको मृत्यु

    इस्लामाबाद— पाकिस्तानमा लगातारको भारी वर्षा र बाढीले हालसम्म २९९ जनाको मृतयु भएको छ । मृत्यु हुनेमा १४० बालबालिका रहेका छन्। राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) का अनुसार यो आपतकालीन अवस्था जुन २६ बाट सुरु भएको हो । देशव्यापी रूपमा जनधनमा ठूलो क्षति पुर्‍याएको छ।एनडिएमएले दिएको विवरण अनुसार मृतकमध्ये १०२ पुरुष, ५७ महिला र १४० बालबालिका छन् भने ७१५ जना घाइते भएका छन्। घाइतेहरूमा २३९ बालबालिका, २०४ महिला र २७२ पुरुष रहेका छन्।पाकिस्तानी पत्रिका डनका अनुसार बाढी र पहिरोका कारण १,६७६ घरहरू पूर्ण या आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। त्यस्तै, ४२८ वटा गाईवस्तुको मृत्यु भएको छ। प्रभावि

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 737 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.