काठमाडौँ – भारतको उत्तराखण्डको सुन्दर धाराली गाउँ मात्र लेदोसहितको बाढीले ३४ सेकेन्डमै ध्वस्त भएको छ । माथिबाट एक्कासि आएको बाढीले क्षणभरमै गाउँ नै ध्वस्त भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 


मंगलबार दिउँसो प्रकृतिले विनाशले खीर गंगा गाउँ केवल ३४ सेकेन्डमै पूर्ण रूपमा बगेको समाचारमा उल्लेख छ । घटनाका भिडियो र तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, जसमा अनियन्त्रित वर्षाको पानी र पहाडबाट निस्केको भग्नावशेष गाउँतिर बगिरहेको देखिन्छ, जसले सबै कुरा नष्ट गरेको हो । 


अहिलेसम्म चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५० भन्दा बढी मानिसहरू बेपत्ता छन् । धेरै मानिसहरू भग्नावशेषमुनि फसेको आशंका गरिएको समाचारमा उल्लेख छ । उद्धारको काम भैरहेको छ । 


धरालीसँगै हर्षिल र सुक्की क्षेत्रमा पनि भारी वर्षाको पुष्टि भएको छ। हर्षिलमा ८ देखि १० जना सेनाका कर्मचारी बेपत्ता रहेको बताइएको छ। प्रशासनले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरेको छ।


धराली गाउँ देहरादुनबाट २१८ किलोमिटर र गंगोत्री धामबाट केवल १८ किलोमिटर टाढा अवस्थित छ, जहाँ विगत दुई दिनदेखि निरन्तर भारी वर्षा भइरहेको छ । 


छ महिनाअघि पहाडको एक भाग खसेर खीरगंगा नदीमा अड्किएको थियो। सम्भवतः यसपटक त्यही अड्किएको भाग फुत्किएर नदीमा बाढी आएको र विनाश निम्त्याएको बताइएको छ । 


उत्तरकाशीका मानिसहरूले प्रायः भूकम्प, बाढी र पहिरो जस्ता प्रकोपहरूको सामना गरेका छन्। १७५० मा भारी वर्षाका कारण एउटा पहाड भत्किएर भागीरथीमा खसेको थियो । जसका कारण गाउँ डुबेर लगभग १४ किलोमिटर लामो ताल बनेको थियो ।