ब्रासिलिया – ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई घरमै नजरबन्दमा राख्न आदेश दिएको छ। बोल्सोनारोमाथि कूको आरोपमा मुद्दा चलिरहेको छ।
उनले कथित कू षड्यन्त्रमा कुनै पनि संलग्नता अस्वीकार गरेका छन्। न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले बोल्सोनारोले गत महिना उनीमाथि लगाइएको प्रतिबन्धको पालना नगरेकाले यो निर्णय गरिएको बताए।
बोल्सोनारोको कानुनी टोलीले रोक आदेश उल्लङ्घन गरेको अस्वीकार गर्दै यो निर्णयविरुद्ध अपिल गर्ने बताएको छ । ब्राजिलको सर्वोच्च अदालतको यो आदेशको अमेरिकाले निन्दा गरेको छ।