विदेश

    Showing 581-590 of 1,580 items.
  • हिजबुल्लाहविरुद्ध घातक आक्रमण गर्दै इजरायल, हायफामा जमघट गर्न रोक

    काठमाडौं–इजराइलले लेबनानको सीमा नजिकको उत्तरी शहर हायफामा मानिसहरूलाई भेला नहुन चेतावनी जारी गरेको छ । यो चेतावनी दक्षिणी लेबनानमा इजरायलको हवाई हमलापछि हिजबुल्लाहले गरेको जवाफी कारबाहीको समयमा दिइएको हो । इजराइली सुरक्षा बल (आईडीएफ) का प्रवक्ता रियर एडमिरल डेनियल हगारीले जानकारी दिएअनुसार, दर्जनौं लडाकू विमानले दक्षिणी लेबनानमा हिजबुल्लाहले आफ्नो देशविरुद्ध हमलाको तयारी गरिरहेको स्थानहरूमा व्यापक रूपमा हमला गर्न थालिसकेका छन्। राजधानी बेरूतमा शुक्रबार भएका हवाई हमलामा आईडीएफका अनुसार लगभग १२ हिजबुल्लाहका वरिष्ठ कमाण्डरहरू मारिएका छन् । तर लेबनानका अधिकारीहरुका अनुसार ती हमलामा

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 478 पटक पढिएको
  • नुन धेरै खाएर एक वर्षमा १९ लाखको मृत्यु !

    काठमाडौं— विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वका प्रायः सबैले दैनिक आवश्यकभन्दा दोब्बर नुन खपत गरिरहेका छन् । बढी नुन सेवनबाट हुने रोगका कारण बर्सेनि १९ लाख मानिसको मृत्यु हुने गरेको छ ।भारतको सेन्ट्रल ग्राउण्ड वाटर अथॉरिटीको रिपोर्ट अनुसार दिल्लीको जमिनमुनिको पानीमा नुनको मात्रा सामान्यभन्दा बढी छ। विश्लेषण गरिएको नमूनामा २५ प्रतिशतभन्दा बढीको पानी नुनिलो भएको पाइएको थियो । यस मामिलामा राजस्थानपछि दिल्ली दोस्रो स्थानमा छ, त्यहाँका ३० प्रतिशत नमूनामा नुन पानी रहेको छ ।विश्व स्वास्थ्य संगठनका अनुसार एक स्वस्थ व्यक्तिले प्रतिदिन ५ ग्रामभन्दा कम नुन (२००० मिलीग्राम सोडियमभन्दा कम) उपभो

    • प्रकाशित मितिः असोज ५, २०८१
    • 404 पटक पढिएको
  • पेजरमार्फत भएका श्रृंखलाबद्ध विस्फोटमा १२ जनाको मृत्यु

    काठमाडौं – लेबनानमा पेजरमार्फत भएका धमाकामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ।लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले एक आठ वर्षीया बालिका र एक ११ वर्षीय बालकसहित १२ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। धमाकामा स्वास्थ्यकर्मीसमेत परेका छन् भने २७५० जना घाइते विभिन्न अस्पतालहरूमा उपचाररत छन्। गम्भीर घाइतेहरूलाई राम्रो उपचारका लागि ईरान र सीरियामा पठाइएको मन्त्रीले जानकारी दिएका छन्। ९८ प्रतिशत घाइतेहरूको उपचार लेबनानमै भइरहेको छ।यसैबीच, लेबनानका संस्कृति मन्त्री मोहम्मद विसामले इजरायलमाथि कडा आलोचना गरेका छन्। सामाजिक सञ्जाल एक्समार्फत उनले इजरायललाई मानवताको शत्रु भन्दै प्रतिक्रिया दिएक

    • प्रकाशित मितिः असोज २, २०८१
    • 434 पटक पढिएको
  • यागी चक्रवातले दक्षिणपूर्वी एसियामा ६० लाख बालबालिका प्रभावित

    काठमाडौं–युनिसेफले दक्षिणपूर्वी एसियामा चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण करिब ६० लाख बालबालिका प्रभावित भएको जानकारी दिएको छ । यागीले दुई हप्ता अघि भियतनाम, थाइल्यान्ड, लाओस र म्यानमारमा शक्तिशाली हावा र भारी वर्षा निम्त्याएको थियो ।थाइल्यान्डले बुधबार थप तीन जनाको मृत्यु भएको पुष्टि गर्दै, यस क्षेत्रको कुल मृत्यु संख्या ५३७ पुगेको जनाएको छ । युनिसेफका अनुसार, प्रभावित बालबालिकाको स्वच्छ पानी, शिक्षा, स्वास्थ्य सेवा, खाना र आश्रयको अभावमा छन् । भियतनाममा पिउने पानी र सरसफाइको अभावले ३० लाख मानिसहरूलाई रोगको जोखिममा राखेको युनिसेफले जनाएको छ । म्यानमारमा बाढीका कारण चार लाख म

    • प्रकाशित मितिः असोज २, २०८१
    • 370 पटक पढिएको
  • मलेसियामा बाल दुर्व्यवहार आरोप : १ सय बैंक खाता रोक्का, ४०० बालबालिका उद्धार

    काठमाडौं–मलेसियामा सयौं बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा हेरचाह केन्द्र सञ्चालन गर्ने समूहका १ सय बैंक खाता रोक्का गरिएको छ । मलेसियाली प्रहरीले १ सय ७१ जनालाई पक्राउ गरी २० हेरचाह केन्द्रबाट ४ सयभन्दा बढी बालबालिकाको उद्धार गरेको हो । जाँचका क्रममा विवादास्पद धार्मिक संस्था जीआईएसबीसँग सम्बन्धित ९६ बैंक खाता रोक्का गरिनुका साथै आठवटा सवारी साधन जफत गरिएको छ । समूहले आफूले हेरचाह केन्द्र नचलाएको दाबी गर्दै आरोप अस्वीकार गरे पनि प्रमुख कार्यकारीले केही यौन दुर्व्यवहारका घटनाहरू भएको स्वीकार गरेका छन् । यो घटनाले मलेसियामा हेरचाह केन्द्रहरूको नियमन र बालबालिकाको सुरक्षाबारे गम्भी

    • प्रकाशित मितिः असोज १, २०८१
    • 541 पटक पढिएको
  • आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री, केजरीवालले दिए राजीनामा

    काठमाडौं–दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार आफ्नो पदबाट राजीनामा दिएका छन् । उनको स्थानमा आम आदमी पार्टीले आतिशी मार्लेनालाई नयाँ मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।आम आदमी पार्टीको विधायक दलको बैठकमा केजरीवालले आतिशीको नाम प्रस्ताव गरेका थिए, जसलाई सबै सांसदहरूले समर्थन गरेका हुन् । दिल्लीका यातायात मन्त्री गोपाल रायले यस निर्णयलाई कठिन परिस्थितिमा लिइएको भनेका छन् । उनले भने, ‘केजरीवालको इमान्दारितामाथि हिलो छ्यापियो । जनताले निर्वाचित नगरेसम्म उनी मुख्यमन्त्रीको कुर्सीमा बस्दैनन् ।’निर्णयपछि आतिशीले भनिन्, ‘म मेरो गुरु अरविन्द केजरीवाल जीलाई धन्यवाद दिन्छु, जसले मलाई यति ठूलो

    • प्रकाशित मितिः असोज १, २०८१
    • 422 पटक पढिएको
  • ट्रम्पमाथि पुन: हत्या प्रयास, एफबीआईले थाल्यो अनुसन्धान

    काठमाडौं–अमेरिकी गुप्तचर एजेन्सी एफबीआईले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फ्लोरिडाको वेस्ट पाम बीच स्थित गल्फ कोर्समा भएको आक्रमणलाई हत्याको प्रयास भनेको छ । एफबीआईका अनुसार घटनाको अनुसन्धान जारी छ । ट्रम्पको सुरक्षा पूर्ण रूपमा सुनिश्चित गरिएको पनि उल्लेख गरिएको छ । ट्रम्पका जेठा छोरा, डोनाल्ड ट्रम्प जुनियरले घटनामा गोली हानाहान भएको र स्थानीय प्रहरीले झाडीमा एके–४७ फेला पारेको जानकारी दिएका छन् । एफबीआईले यस घटनामा संलग्न व्यक्तिहरूको पहिचान र घटनाको संपूर्ण पृष्ठभूमि छानबिन गरिरहेको जानकारी गराएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले यस घटनाको निन्दा

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 435 पटक पढिएको
  • तीन अमेरिकीसहित सात विदेशी भेनेजुएला प्रहरीको नियन्त्रणमा

    काठमाडौं— भेनेजुएलाको प्रहरीले तीन जना अमेरिकीसहित सात जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना अमेरिकी, तीन जना स्पेनीस र एक जना चेक गणतन्त्रका नागरिक रहेको बीबीसी हिन्दीले जनाएको छ । प्रहरीका अनुसार सातै जनालाई देशमा अस्थिरता फैलाएको आरोपमा पक्राउ गरिएको हो ।भेनेजुएलाका आन्तरिक मन्त्री डियोसडाडो काबेलोले पक्राउ परेकाबाट सयौं हतियार जफत गरेको पनि बताउनुभएको छ । पक्राउ परेका विदेशी नागरिकले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र अन्य शीर्ष अधिकारीको हत्या गर्ने षड्यन्त्र रचेका मन्त्री काबोलोको दाबी छ ।अमेरिकाले भेनेजुएलाका १६ जना उच्च तहका नेता र कर्मचारीमाथि प्रतिबन्ध लगाए

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 332 पटक पढिएको
  • केजरीवालले दिल्लीको मुख्यमन्त्रीबाट राजीनामा दिने

    काठमाडौं— अरविन्द केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । जेलबाट रिहा भएको दुई दिनपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आम आदमी पार्टीको कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै उक्त घोषणा गरेको बीबीसीले उल्लेख गरेको छ । कार्यकर्तालाई सम्बोधनका क्रममा उनले अहिले राजीनामा दिने र जनताको निर्णय नआएसम्म कुर्सीमा नबस्ने बताएका छन् । उनले भने, 'म सीएमको कुर्सीबाट राजीनामा दिनेछु र जनताको निर्णय नआएसम्म म सीएमको कुर्सीमा बस्ने छैन। म जनताको बीचमा जान्छु, हरेक गल्लीमा जान्छु, घरघरमा जान्छु र जनताले केजरीवाल इमान्दार छन् भन्ने फैसला नगरेसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 362 पटक पढिएको
  • हैटीमा इन्धन बोकेको ट्रक विष्फोटमा २४ जनाको मृत्यु

    काठमाडौं— हैटीमा इन्धन बोकेको ट्रक विस्फोट हुँदा २४ जनाको ज्यान गएको छ । झन्डै ६० हजार जनसङ्ख्या भएको दक्षिणी हैटीको मिरागोशानो शहरमा घटना भएको हो ।विस्फोटमा ४० जना घाइते भएका र ती जलेका घाइतेहरूले अस्पतालमा पर्याप्त मात्रामा उपचार नपाएको अवस्था रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । इन्धन बोकेको ट्रकको ग्यास ट्याङ्की अर्को गाडीले पङ्चर गरेको र इन्धन सङ्कलन गर्न गएकाहरूले विस्फोटमा परेर ज्यान गुमाएका खबरमा उल्लेख छ ।हैटी आर्थिक रूपमा कमजोर देश हो । त्यहाँ विभिन्न समूहबीचको लडाइँका कारण सामान आयात गर्न पनि कठिन हुँदै आएको छ ।

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 528 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा