विदेश

    Showing 481-490 of 1,579 items.
  • इजरायली हमलामा मारिने प्यालेस्टाइनीको संख्या ५३ हजार नजिक

    काठमाडौं, ३० बैशाख । हमास र इजरायल बिचको युद्दमा मारिनेको संख्या ५० हजार नाघेको छ ।बिगत ७ अक्टोबर २०२३ देखि हालसम्म ५२ हजार ८ सय ६२ प्यालेस्टाइनीले ज्यान गुमाएका छन ।गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख १९ हजार ६ सय ४८ अन्य घाइते भएका छन् ।विगत २४ घण्टामा गाजामा इजरायली हमलामा कम्तीमा २९ प्यालेस्टाइनीको मृत्यु भएको छ भने ९४ जना घाइते भएको एन्क्लेभको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अघिल्लो दिन इजरायली आक्रमणमा मारिएका चार व्यक्तिको शव पनि हिजो निकालिएको थियो ।त्यसो त, यो वर्ष मार्च १८ मा इजरायलले युद्धविराम तोडे पछि मात्रै पनि कम्तिमा २ हजार ७४९ प्यालेस्टाइनी मारिएका छन भने ७ हजार ०७ जना

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 247 पटक पढिएको
  • ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

    वासिंगटन डिसी, ३० बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र विश्वबीच औषधिको मूल्य ‘समान’ गर्ने बताएका छन् ।चीनसँग 'ट्यारिफ पज' को बारेमा बोल्नुको साथै ट्रम्पले अमेरिकी औषधिको मूल्य घटाउने र तिनीहरूलाई बाँकी विश्वसँग मिल्दोजुल्दो बनाउने योजनाहरू प्रस्तुत गरेका छन ।बेलायत, युरोपियन युनियन र अन्य विकसित देशहरूमा उनीहरूका समकक्षीहरूको तुलनामा अमेरिकी बिरामीहरूले तिर्ने औषधिको मूल्यमा ठूलो भिन्नताको रहे पछि उनले अमेरिकामा पनि समान मुल्य बनाउने घोषणा गरेका हुन् । उनले भने, ‘अब हामी सबैले समान तिर्नेछौं हामी युरोपमा जति औषधी खर्चको मुल्य रहेको छ, अब हामी त्यति नै रकम तिर्ने ब्यवस्था मिलाउ

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 250 पटक पढिएको
  • पोप लियोको पहिलो सम्बोधन, अब युद्ध नगर्न अपिल

    काठमाडौं— क्याथोलिक ईसाई धर्मगुरुमा निर्वाचित भएपछि पोप लियोले आइतबार पहिलो पटक  सम्बोधन गरेका छन्। आफ्नो पहिलो सम्बोधनमा उनले विश्वका शक्तिशाली देशहरूलाई अब युद्ध नगर्न अपिल गरेका हुन्।विश्वमा जारी द्वन्द्वको बारेमा बोल्दै पोप लियोले युक्रेनमा शान्ति र गाजामा युद्धविरामको बारेमा कुरा गरे। उनले भारत र पाकिस्तानबीच भएको युद्धविरामको पनि स्वागत गरे।उनले गाजामा भइरहेका घटनाबाट आफूलाई गहिरो दुःख लागेको बताए। पोप लियोले भारत र पाकिस्तानबीच दिगो मेलमिलापको आशा व्यक्त गरे। उनले युक्रेनको लागि  वास्तविक र दिगो शान्तिको कामना गरे।पोप फ्रान्सिसको मृत्युपछि पोप लियो क्याथोलिक चर्चको नयाँ पोप नि

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 281 पटक पढिएको
  • बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    काठमाडौं, २९ बैशाख । प्रख्यात पाकिस्तानी पर्वतारोही साजिद अली सदपाराले विश्वको सातौं अग्लो हिमाल धौलागिरी ८,१६७ मिटरको अक्सिजन र भरियाको सहायता बिना सफल आरोहण गरेका छन् ।गत मे ४ मा चार पाकिस्तानी पर्वतारोहीले नेपालस्थित धौलागिरीको आरोहण अभियान सुरु गरेका थिए । सद्पाराले मे ७ मा धौलागिरी चुचुरोको आधार शिविरमा पुगेर घुम्न थालेका थिए र क्याम्प ३ सम्म चढेर पुनः आधार शिविरमा ओर्लिएका थिए ।पाकिस्तानको अल्पाइन क्लबका अनुसार सादपाराको ८,००० मिटर अग्लो हिमालमा चढेको यो नवौं पटक हो । ती सबै बोतलबंद अक्सिजन बिना नै सफल आरोहण भएका थिए ।“सदपारो मुहम्मद अली सदपाराका गर्वका छोरा हुन्, जसको सन २०२१ मा के २ को

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 175 पटक पढिएको
  • के टर्कीमा होला त रूस र युक्रेन बिच बार्ता ? यस्तो छ अवस्था

    इस्तानबुल, २९ बैशाख । रूस र युक्रेनबीच युद्धविराम वार्ताको आयोजना गर्न टर्की तयार भएको छ ।रूसी राष्ट्रपति भ्लादिमर पुटिनले १५ मेसम्म युक्रेनसँग शान्तिबार्ता गर्न चाहेको र त्यो इस्तानबुलमा गर्न सक्ने जनाएको भोलीपल्ट टर्कीले दुबै देश बिच मध्यस्थता गर्न र बार्ता स्थल आयोजक बन्न तयार भएको सन्देश दिएको हो ।वीवीसीका अनुसार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग सो को जानकारी दिएका हुन् । टर्कीको राष्ट्रपति कार्यालयका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इस्तानबुलमा युक्रेनसँग सीधा वार्ता गर्ने प्रस्ताव गरे पछि राष्ट्रपतिले एर्दोगनले सो घोषणा गरेका

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 252 पटक पढिएको
  • बंगलादेशमा सडक दुर्घटनामा परी एकै महिनामा ५८८ को मृत्यु

    ढाका, २९ बैशाख । बंगलादेशमा सडक दुर्घटनामा परी ५८८ जनाको मृत्यु भएको छ । सडक सुरक्षा फाउण्डेशनले आइतवार प्रकाशित गरेको मासिक प्रतिवेदनअनुसार अप्रिल महिनामा देशभर ५९३ सडक दुर्घटना भएका छन । जुन दुर्घटनामा परी गत अप्रिलमा मात्रै ५८८ जनाको मृत्यु भएको छ भने १ हजार १२४ जना घाइते भएका छन् । यसरी मृत्यु हुनेमा ८६ महिला र ७८ बालबालिकासमेत रहेका छन् । यीमध्ये २ सय १८ मोटरसाइकलका घटनामा २ सय २९ जनाको मृत्यु भएको थियो भने यसबाहेक सात जलमार्ग दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । साथै, २२ रेल दुर्घटनामा २४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।आरएसएफले ९ वट

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 227 पटक पढिएको
  • बिल गेट्सले गरे सबै सम्पत्ति दान गर्ने अकल्पनीय निर्णय

    काठमाडौँ । विश्वका चर्चित अर्बपति र माइक्रोसफ्टका संस्थापक बिल गेट्सले संसारलाई झस्काउने निर्णय लिएका छन्। उनले आगामी २० वर्षभित्र आफूले संकलन गरेको करिब २०० अर्ब अमेरिकी डलर बराबरको सम्पूर्ण सम्पत्ति दान गर्ने घोषणा गरेका छन्। यहीसँगै उनले सन् २०४५ को डिसेम्बर ३१ मा गेट्स फाउन्डेसन स्थायी रूपमा बन्द गरिने खुलासा पनि गरेका छन्।गेट्सले बिहीवार आफ्नै ब्लग ‘गेट्स नोट्स’ मा भावुक पोस्टमार्फत यो ऐतिहासिक घोषणा गर्दै भने, "अब समय आएको छ, मैले कमाएको सम्पत्ति समाजका लागि फिर्ता दिने।"पूर्व पत्नी मेलिन्डा फ्रेन्च गेट्ससँग सन् २००० मा स्थापना गरिएको गेट्स फाउन्डेसनलाई उनले सुरुमा मृत्युपछि पनि चलाउने य

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 376 पटक पढिएको
  • २ हजार बर्ष पछि नयाँ पोपमा अमेरिकन रोबर्ट फ्रान्सिस चयन, नयाँ नाम लियो चौधौं

    भ्याटिकन, २६ बैशाख । नयाँ पोपमा अमेरिकन रोबर्ट फ्रान्सिस प्रिभोस्ट चयन भएका छन ।  उनले अब सेन्ट पिटर स्क्वायरमा भेला भएका भीडलाई आफ्नो पहिलो सार्वजनिक सम्बोधन र आशीर्वादसमेत दिएका छन ।कार्डिनल रोबर्ट प्रीभोस्ट, एक अमेरिकी मिसनरी हुन, जसले पेरुमा आफ्नो लामो सेवामा बिताएका थिए र पछि उनी भ्याटिकनको शक्तिशाली विशप कार्यालयको नेतृत्व गरिरहेका थिए । क्याथोलिक चर्चको २००० वर्षको इतिहासमा पहिलो पटक कोही अमेरिकी पोपमा चुनिएको यो पहिलो घटना हो। ६९ वर्षीय प्रीभोस्टले लियो चौधौं नाम रोजेका छन्, अब उनलाई यसै नामले सम्बोधन गरिनेछ । स्थानिय समय अनुसार बिहीबार साँझ  ६ः०७ मा सिस्टिन चैपल चि

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 243 पटक पढिएको
  • रोहित शर्माको चौंकाउने सन्यास! टेस्ट क्रिकेट छाडेपछि गिल क्याप्टेन्सीको दौडमा

    काठमाडौं — भारतीय क्रिकेटमा एकाएक हलचल मच्चिएको छ। कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन्, त्यो पनि पूर्वसूचना बिना। मंगलबार साँझ भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को कार्यालयमा आयोजित विशेष कार्यक्रममा क्रिकेटका प्रतिष्ठित व्यक्तिहरू भेला भएका थिए। कार्यक्रममा सचिन तेन्दुलकर र सुनील गावस्करको नाममा कोठा उद्घाटन गरिएको थियो। दुवै दिग्गज स्वयं पनि कार्यक्रममा उपस्थित थिए।कार्यक्रममा बिसिसिआई अध्यक्ष रोजर बिन्नी, सचिव देबजित सैकिया, महाप्रबन्धक अबे कुरुविल्ला र राष्ट्रिय चयन समिति अध्यक्ष अजित अगरकरसमेत सहभागी थिए। तर, रोहित शर्मा भने कार्यक्रममा देखिएनन्, किनभने सोही साँझ मुम्बई इ

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 309 पटक पढिएको
  • १४ सदस्य गुमाएका पाकिस्तानी आतंकवादीले भने, ‘न मलाई पछुतो छ, न निराश नै छु’

    इस्लामवाद, २५ बैशाख ।जैश ए मोहम्मदका प्रमुख र घोषित अन्तर्राष्ट्रिय आतंकवादी मौलाना मसूद अजहरले ‘अपरेशन सिन्दुर’को हमलाका बारेमा मुख खोलेका छन् । काश्मिरको पहलगाम आतंकवादी हमलाको बदला लिन भारतले ‘अपरेशन सिन्दूर’ अन्तर्गत गरेको लक्षित हवाई हमलामा आफ्नो परिवारका १० सदस्य र उनका चार सहयोगी मारिए पछि उनले मुख खोलेका हुन् । बहावलपुरको जामिया मस्जिद सुभान अल्लाहमा जैश ए मोहम्मदको मुख्यालयमा भएको आक्रमणमा मारिनेहरूमा उनको जेठी बहिनी, बहिनीका पति, एक भतिजा र उनकी श्रीमती, एक भान्जी र परिवारका पाँच छोरा छोरीहरू समावेश थिए भनेर अजहरले जानकारी दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।मे ७

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 364 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा