काठमाडौं— मध्यपूर्व तनावका क्रममा इरानले ओमानमा एक तेल ट्यांकरमाथि हमला गर्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक रहेको बताइएको छ ।
सोमबार इरानले ओमानमा गरेको ड्रोन प्रहार मार्सल आइल्यान्डको ध्वजावाहक तेल ट्यांकरमाथि खसेको थियो । त्यसपछि इन्जिनमा आगलागी भएको थियो ।
सो आगलागीमा टयांकरका क्रू मेम्बर रहेका भारतीय नागरिकको मृत्यु भएको ओमानको मेरीटाइम सिक्युरिटी सेन्टरलाई उद्धृत गर्दै बीबीसीले समाचार लेखेको छ ।
ट्यांकरमा कुल २१ जना क्रू मेम्बर रहेको बताइएको छ । जसमा १६ जना भारतीय, ४ जना बाङ्ग्लादेशी र एक जना युक्रेनका नागरिक रहेको बताइएको छ ।





































