एजेन्सी— इरानले आइतबार राति दक्षिणी इरानको एक प्राथमिक विद्यालयमा भएको अमेरिकी–इजरायली हवाई आक्रमणमा १६५ जनाको मृत्यु भएको जनाएको छ ।

शजरेह तैयबेह स्कूल मिनाबमा अवस्थित छ, जहाँ इस्लामिक रिभोलुसनरी गार्डको सैन्य अड्डा रहेको छ। वासिङ्टन र तेल अभिभले संयुक्त रूपमा गरेको ठूलो स्तरको आक्रमणको बीचमा शनिबार स्कूलमा आक्रमण गरिएको थियो।

इरानी राष्ट्रपति मसूद पेजेश्कियानले शनिबार पीडित परिवार र मिनाबका बासिन्दाहरूप्रति समवेदना व्यक्त गरेका छन्।

उनले एक विज्ञप्तिमा हवाई आक्रमणको निन्दा गर्दै त्यसलाई ‘अमानवीय’ र इरान विरुद्ध आक्रमणकारीहरूले गरेका अनगिन्ती अपराधहरूको इतिहासमा अर्को कालो पाना थप्ने बर्बर कार्य भनेका छन्।