काठमाडौं— अबुधाबीस्थित नेपाली राजदूताबासले यूएईमा विकसित घटनाबारे पुष्टि नहुने भिडियो र तस्बिर सार्वजनिक नगर्न सचेत गराएको छ ।
दूतावासले जारी गरेको अपीलमा हाल संयुक्त अरब इमिरेट्स मा विकसित भइरहेको परिस्थितिका विषयमा सामाजिक सञ्जाल वा अन्य कुनै पनि प्राविधिक माध्यममार्फत अज्ञात स्रोतबाट प्राप्त हल्ला र आधिकारिक रूपमा प्रमाणित नभएका सामग्री प्रकाशन, प्रसारण वा सेयर नगर्न आग्रह गरिएको छ। साथै सुरक्षा अवस्थाबारे भ्रम सिर्जना गर्ने खालका सन्देश नफैलाउन पनि अनुरोध गरिएको छ।
अपीलमा भनिएको छ, ‘युएईमा रहेका सम्पूर्ण नेपाली समुदायलाई यस्तो कार्य नगर्न अनुरोध गरिएको छ। यस्ता कार्य कानूनबमोजिम दण्डनीय हुने चेतावनी युएईका आधिकारिक निकायबाट जारी भएको छ।’ अबुधाबीस्थित नेपाली राजदूताबासले यूएईमा विकसित घटनाबारे पुष्टि नहुने भिडियो र तस्बिर सार्वजनिक नगर्न सचेत गराएको छ ।
दूतावासले जारी गरेको अपीलमा हाल संयुक्त अरब इमिरेट्स मा विकसित भइरहेको परिस्थितिका विषयमा सामाजिक सञ्जाल वा अन्य कुनै पनि प्राविधिक माध्यममार्फत अज्ञात स्रोतबाट प्राप्त हल्ला र आधिकारिक रूपमा प्रमाणित नभएका सामग्री प्रकाशन, प्रसारण वा सेयर नगर्न आग्रह गरिएको छ। साथै सुरक्षा अवस्थाबारे भ्रम सिर्जना गर्ने खालका सन्देश नफैलाउन पनि अनुरोध गरिएको छ।
अपीलमा भनिएको छ, ‘युएईमा रहेका सम्पूर्ण नेपाली समुदायलाई यस्तो कार्य नगर्न अनुरोध गरिएको छ। यस्ता कार्य कानूनबमोजिम दण्डनीय हुने चेतावनी युएईका आधिकारिक निकायबाट जारी भएको छ।’