काठमाडौं— फिलिपिन्सको मनिलाबाट करिब दुई घण्टा दक्षिणपूर्वको दुरीमा मंगलबार हेलिकप्टर दुर्घटना हुँदा एक जना मलेसियाली नागरिक र एक फिलिपिनो नागरिकको मृत्यु भएको जनाइएको छ ।

हेलिकप्टरमा दुई मलेसियालीसहित पाँच जना यात्रु रहेको अधिकारीहरूले बताएका छन् ।

रिजाल प्रान्तीय प्रहरी अधिकारी रामजे पांगाले दुर्घटनामा दुई जना यात्रुको मृत्यु भएको पुष्टि गरेका छन् ।

पिलिला सहरका मेयर जोन मासिनसिनले तीन जना घाइते भएको जनाउँदै पाइलटको अवस्था गम्भीर रहेको बताएका छन् ।

प्रहरी अधिकारी पांगाले हेलिकोप्टरको इन्जिनमा समस्या आएकाले थाहा पाए पछि आपतकालीन अवतरण गर्ने प्रयास गर्दा गर्दै दुर्घटना भएको बताए ।

फिलिपिन्सको नागरिक उड्डयन प्राधिकरणले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।