विदेश

    Showing 241-250 of 1,579 items.
  • राष्ट्रपति पौडेलसँग भारतीय विदेश सचिवको भेट, आपसी सहकार्यमा जोड

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेशी सचिव विक्रम मिश्रीले राष्ट्रपति भवन शीतल निवासमा आइतबार शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा राष्ट्रपति पौडेलले एक मित्र एवम् निकट छिमेकीका नाताले भारतले गरेको प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको र अझ बढी लाभान्वीत हुन चाहेको बताए । ‘एउटा उदाउँदो अन्तर्राष्ट्रिय शक्तिको रुपमा भारतको सामाजिक–आर्थिक र प्राविधिक क्षेत्रमा देखिएको प्रगतिबाट हामी प्रसन्न र उत्साहित छौँ, एक मित्र एवम् निकट छिमेकीका नाताले भारतका प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको छ र अझ बढी लाभान्वीत हुन चाहन्छ’, शिष्टाचार भेटमा राष्ट्रपति पौडेल

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 535 पटक पढिएको
  • भारत भ्रमणका लागि प्रधानमन्त्री ओलीलाई आधिकारिक निम्तो

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका लागि औपचारिक निम्तो पाएका छन् । नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।आज बिहान नेपाल भ्रमणमा आएका सचिव मिस्री सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेटघाट गर्ने क्रममा सो निमन्त्रणा पत्र बुझाएका हुन् । प्रधानमन्त्री ओलीको आगामी भदौ अन्तिम साता भारत भ्रमणमा जाने तय भएको छ ।

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 525 पटक पढिएको
  • युद्धग्रस्त गाजामा भोकका कारण एकैदिन ११ जनाको मृत्यु

    एजेन्सी— युद्धको चपेटामा परिरहेको गाजा क्षेत्रमा भोकमरी चरम अवस्थामा पुगेको छ। कुपोषण र भोकका कारण पछिल्लो २४ घण्टामा एक बालकसहित थप ११ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। यससँगै भोकमरीका कारण ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ, जसमा १०८ जना बालबालिका रहेका छन्।संयुक्त राष्ट्रसंघको राहत तथा कार्य एजेन्सी (यूएनआरडब्लुए) का अनुसार गाजामा हाल करिब १० लाख महिला र किशोरीहरू गम्भीर भोकमरी, हिंसा र दुव्र्यवहारको जोखिममा छन्। खाना र पानी खोज्न उनीहरू अत्यन्त जोखिमपूर्ण परिस्थितिमा घर बाहिर जान बाध्य छन्, । उनीहरूको ज्यान समेत संकटमा परेको यूएनआरडब्लुएले जनाएको छ।

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 444 पटक पढिएको
  • भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरे

    काठमाडौं— भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्।नेपालको दुईदिने औपचारिक भ्रमणका लागि परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा आइतबार काठमाडौं आएका सचिव मिश्रीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्।भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, क्षेत्रीय सहयोग र आपसी चासोका विषयमा छलफल भएको जनाइएको छ। उच्चस्तरीय भ्रमण आदानप्रदानमार्फत भारत–नेपाल सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यसहित मिश्रीको भ्रमणलाई अर्थपूर्ण मानिएको छ।सचिव मिश्रीको भ्रमणकालीन अन

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 456 पटक पढिएको
  • युएईमा रहेका नेपालीमाथिको कारवाही रोक, १२० ले पाए आममाफी

    काठमाडौं—  संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई आममाफी दिएको छ । नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरेको दूतावासले जनाएको छ  ।

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 451 पटक पढिएको
  • भारत–अमेरिका व्यापार सम्वादमा ब्रेक, अमेरिकी टिमको भ्रमण स्थगित

    काठमाडौं— प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणपछि फेब्रुअरीमा सुरु भएको भारत(अमेरिका व्यापार सम्झौताको वार्ता हाल रोकिएको छ ।अगस्टको दोस्रो साता भारत आउन तय भएको अमेरिकी अधिकारीहरूको भ्रमण पनि अमेरिकी पक्षले हाललाई स्थगित गरेको इन्डियन एक्स्प्रेसले जनाएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि ५० प्रतिशत भन्सार कर घोषणा गरेका छन्, जुन कुनै पनि देशमाथिको अहिलेसम्मकै उच्चतम कर हो । हालसम्म २५ प्रतिशत कर लागू भइसकेको छ भने रूसी तेल व्यापारका कारण थप २५ प्रतिशत कर लाग्ने सम्भावना पनि रहेको छ ।ट्रम्पले ५० प्रतिशत करको घोषणा गरेपछि भारत र अमेरिकाबीच सम्बन्धमा दरार आएको छ । यसबीचमा भा

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 455 पटक पढिएको
  • बस र रोकिएको ट्रकबीच ठक्कर, १० को मृत्यु, ३५ घाइते

    भारतको पश्चिम बंगालस्थित पूर्व बर्धमान जिल्लामा भएको सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्।शुक्रबार बिहान बिहारका तीर्थयात्रीहरू बोकेको एक निजी बस पूर्व बर्धमानबाट दुर्गापुरतर्फ जाँदै थियो। बाटोमा सडक किनारमा रोकिएको ट्रकको पछाडि बस ठोक्किँदा दुर्घटना भएको बीबीसी हिन्दीले समाचार एजेन्सी पीटीआईको हवाला दिँदै जनाएको छ।दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको र घाइते ३५ जनालाई बर्धमान मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले बताएका छन्। मृतक र घाइते सबै जना बिहारका बासिन्दा भएको पुष्टि भएको छ।

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 470 पटक पढिएको
  • गाजामा सहायता सामग्री आपूर्तिमा अवरोध गरेपछि इजरायलको विरोध

    एजेन्सी – गाजा पट्टीमा सहायता आपूर्ति ढुवानी गर्न इजरायलले अवरोध गरेपछि त्यसको विरोध गरिएको छ । आपूर्ति दर्जनौं गैरसरकारी संस्थाहरूको अनुरोधलाई अस्वीकार गरिएपछि विज्ञप्ति नै जारी गरेर त्यसप्रति आपत्ति जनाइएको छ । बिहीबार जारी गरिएको संयुक्त विज्ञप्तिमा एकसय भन्दा बढी गैरसरकारी संस्थाहरू (एनजीओहरू) ले गाजामा आपूर्ति ल्याउने प्रयासमा अवरोध पु¥याएकोमा इजरायली सरकारको निन्दा गरेका हुन् । ‘इजरायलले गाजा पट्टीमा सहायता आपूर्ति ढुवानी गर्न दर्जनौं गैरसरकारी संस्थाहरूको अनुरोधलाई अस्वीकार गरेको छ । किनभने उनीहरू ‘सहायता पु¥याउन योग्य छैनन् भनिएको छ । जुलाईमा मात्र, दर्जनौं गैरसरकारी संस्थाहर

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 519 पटक पढिएको
  • कुवेतमा विषाक्त मदिरा सेवनले ६ नेपालीसहित १३ जना एशियालीको मृत्यु

    कुवेत– कुवेतमा विषाक्त तथा अवैध मदिरा सेवनका कारण ६ जना नेपालीसहित १३ जना एशियाली नागरिकको मृत्यु भएको छ। कुवेतस्थित नेपाली दूतावासले घटनाको पुष्टि गर्दै विस्तृत विवरण संकलन भइरहेको जनाएको छ।दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार विषाक्त मदिरा सेवन गरेर बिरामी परेका थुप्रै व्यक्तिहरू अहिले विभिन्न अस्पतालमा उपचाररत छन्। उनले मृत्यु भएका अधिकांश भारतीय र केही नेपाली भएको प्रारम्भिक जानकारी आएको बताए। मृतक नेपालीहरूको परिचय र उनीहरू कार्यरत कम्पनीबारे जानकारी संकलन भइरहेको छ।नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्लले पनि घटनाको पुष्टि गर्दै मृत्यु हुने नेपालीको संख्या ६ रहेको

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 462 पटक पढिएको
  • ‘मेड इन इंडिया’ लडाकु विमानका लागि आफ्नै जेट इन्जिन हुनुपर्छ : प्रधानमन्त्री मोदी

    काठमाडौं –  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वदेशमै निर्मित लडाकु विमानहरूका लागि अब देशले आफ्नै जेट इन्जिन बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । स्वतन्त्रता दिवसको अवसरमा लाल किल्लाको प्राचीरबाट राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आत्मनिर्भर भारतलाई विकसित भारतको आधार बताए ।प्रधानमन्त्री मोदीले भने, ‘विकसित भारत निर्माणको दिशामा हामी अब समुद्र मन्थनतर्फ पनि गइरहेका छौं । समुद्रभित्र लुकेका तेल तथा ग्यासको भण्डार पत्ता लगाउन देशले मिशन मोडमा काम गर्नेछ ।’उनले भारतका वैज्ञानिक, इन्जिनियर, युवाशक्ति र सबै सरकारी निकायहरूलाई आह्वान गर्दै भने, ‘हाम्रो आफ्नै ‘मेड इन इंडिया’

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 508 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा