विदेश

    Showing 241-250 of 2,133 items.
  • रोनाल्डोको निराशाजनक प्रदर्शन : कंगोसँगको खेल अवधिभर २५ पटक मात्र बल छोए

    काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले फिफा विश्वकप २०२६ को पहिलो खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन् । डिआर कंगोसँग १–१ गोलको बराबरीमा टुंगिएको खेलमा उनले जम्मा २५ पटक मात्र बल छोएका थिए । यो उनको विश्वकप करिअरकै सबैभन्दा कम सक्रिय प्रदर्शनमध्ये एक मानिएको छ ।ईएसपीएन एफसीका अनुसार खेलभर रोनाल्डोले तीन पटक गोलपोष्टमा प्रहार गरे पनि कुनै पनि प्रहार लक्ष्यमा पुग्न सकेन । अधिकांश समय डिआर कंगोको रक्षापंक्तिले उनलाई प्रभावहीन बनाइरह्यो । रोनाल्डोको सीमित सहभागिताले पोर्चुगलको आक्रमणमा समेत असर परेको देखियो । विश्व फुटबलका चर्चित फरवार्डका रूपमा चिनिने उनी यस खेलमा विपक्षी रक्षकह

    • प्रकाशित मितिः असार ४, २०८३
    • 412 पटक पढिएको
  • कोलम्बियाको शानदार पुनरागमन, उज्वेकिस्तान ३–१ ले पराजित

    काठमाडौं— फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बियाले उज्वेकिस्तानलाई ३–१ ले पराजित गरेको छ।मर्सिडिज बेन्ज स्टेडियममा बिहीबार भएको खेलमा कोलम्बियाका लागि ४०औँ मिनेटमा डिएगो मुनोज, ६५औँ मिनेटमा लुइस डियाज , ९० औँ मिनेटमा जोन काम्पाजले गोल गरे उज्बेकिस्तानका लागि ६०औँ मिनेटमा अजीजबेक फैजुल्लाएभले गोल गरे । खेलको पहिलो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि कोलम्बियाले ४०औँ मिनेटमा अग्रता बनाएको थियो।डिएगो मुनोजले लुइस डियाजको पासमा गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए। त्यसपछि पहिलो हाफमा थप गोल हुन नसक्दा कोलम्बिया १–० ले अघि रहँदै विश्राममा गएको थियो।दोस्रो हाफको ६०औँ

    • प्रकाशित मितिः असार ४, २०८३
    • 588 पटक पढिएको
  • जर्मनीबाट नेपाललाई ५ अर्बभन्दा बढी सहयोग, ऊर्जा र स्वास्थ्य क्षेत्रमा लगानी बढ्ने

    काठमाडौं । जर्मनीले नेपालको आर्थिक र सामाजिक विकासमा सहयोग निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। नेपाल–जर्मनी विकास सहकार्यसम्बन्धी वार्तापछि जर्मनीले आगामी दुई वर्षका लागि ३ करोड ७६ लाख युरो ९करिब ५ अर्ब ८० करोड रुपैयाँ० बराबरको आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने घोषणा गरेको हो।उक्त सहयोग मुख्यतः ऊर्जा, स्वास्थ्य, दिगो आर्थिक विकास र पूर्वाधार सुधारका क्षेत्रमा खर्च गरिने बताइएको छ। जर्मनीले नवीकरणीय ऊर्जा प्रवर्द्धन, विद्युत् वितरण प्रणाली सुधार, कृषि क्षेत्रको आधुनिकीकरण, राजस्व प्रणाली सुदृढीकरण तथा वित्तीय पहुँच विस्तारमा समेत सहयोग गर्नेछ।दुवै देशबीच सम्पन्न द्विपक्षीय वार्तामा विका

    • प्रकाशित मितिः असार ३, २०८३
    • 111 पटक पढिएको
  • २८ वर्षपछि पुनरागमन गरेको नर्वेको शानदार जित

    काठमाडौं— सन् २०२६ को फिफा विश्वकप अन्तर्गत समूह ‘आई’ को खेलमा नर्वेले इराकमाथि ४-१ को सानदार जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।२८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेका लागि हालान्डले विश्वकपको डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरे।अमेरिकाको बोस्टन स्टेडियममा बुधबार बिहान भएको उक्त खेलमा नर्वेले २९ औं मिनेटमा हालान्डको गोलबाट अग्रता लिएको थियो। तर, खेलको ३९ औं मिनेटमा इराकका आइमेन हुसेनले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।दोस्रो हाफको ७१ औँ मिनेटमा नर्वेका मार्टिन आर्डेगर्डले गोल गरेसँगै नर्वेको नतिजा ३-१ बन्यो। इन्जुरी टाइममा इराकका अमेन हुसैनले आत्मघाती गोलगरेपछि जित ४-१ को स्थि

    • प्रकाशित मितिः असार ३, २०८३
    • 1,045 पटक पढिएको
  • इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प

      काठमाडौं— मध्य इन्डोनेसियामा मंगलबार ६.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ भने हाल सम्म कुनै हताहत वा क्षतिको रिपोर्ट गरएको छैन ।मध्य सुलावेसी प्रान्तको पालुको दक्षिणपूर्वमा बिहान १०ः२७ बजे भूकम्प गएको जनाइएको छ ।इन्डोनेशियाको मौसम विज्ञान, जलवायु विज्ञान र जियोफिजिक्स एजेन्सीका अनुसार भूकम्प पालू र सिगीमा भूकम्पको ठूलो झड्का महसुस गरिएको थियो, तर सुनामीको खतरा भने नरहेको जनाइएको छ ।दक्षिणपूर्वी एशियाली राष्ट्र इन्डोनेसियाको विशाल द्वीपसमूह, प्रशान्त रिंग अफ फायर लगायतमा यसको अस्थितिको कारण बारम्बार भूकम्प आउने गरेको जनाइएको छ ।यसअघि सन् २०१८ मा पालू

    • प्रकाशित मितिः असार २, २०८३
    • 720 पटक पढिएको
  • चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

    काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा व्यस्त छन् । सोमबार चीनको राजधानी बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट्घाट गरेका छन् ।चीनले आफ्नो छिमेकी कूटनीतिमा नेपालसँगको सम्बन्धलाई सधैं महत्त्वपूर्ण स्थानमा राखेको बताउँदै सबै नेपाली जनताप्रति मैत्रीपूर्ण नीति अपनाएको जानकारी दिए । भेटवार्तामा वाङले नेपाल र चीन वर्षौंदेखि असल छिमेकी रहेको स्मरण गर्दै नेपालको लागि विकास, समृद्धि र आधुनिकीकरणको यात्रामा भरपर्दो छिमेकी तथा साझेदार रहने बताए । भेटका क्रममा वाङले ‘टाढाको आफन्त भन्दा नजिकको छिमेकी राम्रो’ हुने पनि उल्लेख गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी के

    • प्रकाशित मितिः असार २, २०८३
    • 176 पटक पढिएको
  • जी–७ सम्मेलनविरुद्ध जेनेभामा विशाल प्रदर्शन

    काठमाडौं— फ्रान्सको एभियानमा हुने जी–७ शिखर सम्मेलनको विरोधमा स्विट्जरल्याण्डको जेनेभामा आइतबार विशाल प्रदर्शन गरिएको छ। ‘नो जी–७ गठबन्धन’को नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले ‘जी–७ लाई अस्वीकार गरौँ’ लगायतका नारा लगाएका थिए।सुरुमा शान्तिपूर्ण रहेको प्रदर्शनका क्रममा पछि केही विस्फोटका आवाज सुनिनुका साथै एक टेस्ला कारमा आगजनी गरिएको थियो। प्रहरीले प्रदर्शनस्थल नजिकबाट चक्कु, बञ्चरो, ग्यास क्यानिस्टर र पटाका बरामद गरेको जनाएको छ।प्रदर्शनका कारण जेनेभाको सार्वजनिक यातायात सेवा प्रभावित भएको थियो। जी–७ सम्मेलनलाई लक्षित गर्दै स्विस अधिकारीहरूले सुरक्षा व्यवस्था कडा बनाएका छन्।

    • प्रकाशित मितिः असार २, २०८३
    • 507 पटक पढिएको
  • नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

    सिलिगुडी । नेपाल–भारत आर्थिक सहकार्यलाई थप सुदृढ बनाउँदै क्षेत्रीय साझा समृद्धिलाई प्रवद्र्धन गर्न आवश्यक रहेको नेपाल र भारतका व्यवसायिक नेतृत्व तथा नीतिनिर्माताहरूले जोड दिएका छन् ।भारतको सिलिगुडीमा आयोजित उच्चस्तरीय द्विपक्षीय संवादमा सहभागीहरुले उक्त धारणा राखेका हुन् ।  ‘साझा समृद्धिका लागि नेपाल–भारत आर्थिक साझेदारी सुदृढीकरण’ विषयक उक्त संवादको संयुक्त आयोजना एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेशनल अफेयर्स आइडार कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री सीआआइ नर्थ बंगाल जोनल काउन्सिलले गरेका थिए। कार्यक्रममा विशेषगरी पूर्वी नेपाल र भारतको पश्चिम बंगालबीच व्यावहारिक तथा कार्यान्वयनय

    • प्रकाशित मितिः असार २, २०८३
    • 174 पटक पढिएको
  • चीनसँग प्रत्यक्ष पार्टी सम्बन्ध बनाउन रास्वपा इच्छुक छ : परराष्ट्रमन्त्री खनाल

    बेइजिङ। भ्रमणमा रहेका परराष्ट्रमन्त्री तथा रास्वपाका विदेश विभाग प्रमुख शिशिर खनाल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङबीच महत्वपूर्ण भेटवार्ता भएको छ । भेटका क्रममा चीनले रास्वपासँग मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ बनाउन चाहेको बताउँदै राजनीतिक आदानप्रदान, रणनीतिक संवाद र शासन अनुभव साझेदारीलाई विस्तार गर्न प्रस्ताव गरेको छ ।जवाफमा खनालले नेपाल र चीनबीच सात दशक लामो कूटनीतिक सम्बन्ध रहेको स्मरण गराउँदै नेपाल पञ्चशीलको सिद्धान्त र एक चीन नीतिप्रति दृढ रहेको स्पष्ट पारे । उनले कुनै पनि चीनविरोधी गतिविधिका लागि नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता समेत

    • प्रकाशित मितिः असार १, २०८३
    • 137 पटक पढिएको
  • इरान–अमेरिका सम्झौता स् दुवैले जितको दाबी गरे, इजरायलले भन्यो– हामी मान्दैनौं

    काठमाडौं। साढे तीन महिनादेखि जारी तनावपछि इरान र अमेरिका युद्धविरामतर्फ उन्मुख देखिए पनि मध्यपूर्वमा नयाँ राजनीतिक तरंग पैदा भएको छ। दुवै पक्षले आफूलाई विजेता घोषणा गरिरहेका बेला इजरायलले भने सम्झौताबाट दूरी कायम गर्दै युद्ध जारी राख्ने संकेत दिएको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको समुद्री नाकाबन्दी हट्ने र विश्वकै महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुल्ने घोषणा गरेका छन्। यता इरानले भने अमेरिकालाई ‘आत्मसमर्पण गर्न बाध्य बनाएको’ दाबी गर्दै यसलाई आफ्नो रणनीतिक जितका रूपमा प्रस्तुत गरेको छ।तेहरानमा शान्तिको आशा र अविश्वास दुवै देखिएको छ। केही नागरिक युद्ध अन्त्यको सम

    • प्रकाशित मितिः असार १, २०८३
    • 244 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.